Ad image

स्थानीय विपद व्यवस्थापन समिति परिवर्तन गाउँपालिकाको बैठक सम्पन्न

मालश्री खबर
मालश्री खबर ११ मंसिर २०८०, सोमबार
4 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर, मंसिर १० रोल्पा

स्थानीय विपद व्यवस्थाप्न समिति परिवर्तन गाउँपालिकाको बैठक सम्पन्न भएको छ । स्थानीय विपद व्यवस्थापन समितिको नियमित बैठक आइतबार परिवर्तन गाउँपालिकाको सभाह्ल पुतलाचौरमा सम्पन्न भएको हो ।

१७ कार्तिक २०८० राती ११ः४७ को समयमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले परिवर्तन गाउँपालिकामा पु¥याएको भौतिक क्षति अन्तर्गत मानिस बस्ने घरको पूर्ण क्षतिको विवरण, आंशिक क्षतिको विवरण र सामान्य क्षतिको विवरणको बारेमा छलफल भएको छ ।

त्यस्तै परिवर्तन गाउँपालिकाले भूकम्प प्रभावित दुई नगरपालिका जाजरकोट जिल्लाको नलगाड नगरपालिकालाई १ लाख ५० हजार र रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिकालाई १ लाख ५० हजार बराबरको राहत सामाग्री स्वरुप ३ लाख बराबरको बल्याङ्केट, फम र उद्धार गर्दा खानको लागि खानेकुरा लिएर २१ कार्तिक २०८० मा जाजरकोट र रुकुम पश्चिम जिल्ला लगेर परिवर्तन गाउँपालिका अध्यक्ष उपाध्यक्षको टोली गएर राहत सामग्री राहत कोषमा हस्तान्तरण गरेर २२ कार्तिक २०८० मा आफ्नो गाउँपालिका फर्किएको बारेमा समेत छलफल भएको हो ।

- Advertisement -
Ad image

परिवर्तन गाउँपालिकामा भूकम्पको क्षति भएको रहेको भनी परिवर्तन गाउँपालिका भित्रका ६ वटै वडाका वडा अध्यक्षहरुलाई रिपोर्टिङ गर्न लगाइएको र क्षतिको संकलन,जनप्रतिनिधि र प्रहरीको उपस्थिति सहितको रोहवरमा वडाले उठाएको मुचुल्का, वडा कार्यालयले सिफारिस गरी गाउँपालिकामा पठाएका मुचुल्का लगायतका विषयमा पनि छलफल भएको छ ।

स्थानीय विपद व्यवस्थापन समितिका संयोजक सुक बहादुर बुढा मगरको अध्यक्षतामा बसेको बैठकमा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी, परिवर्तन गाउँपालिका–१ का वडा अध्यक्ष मैते बुढा मगर, २ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगर, ३ का वडा अध्यक्ष खिम विक्रम चन्द, ४ का वडा अध्यक्ष मानसिङ बुढा, ५ का वडा अध्यक्ष दिल बहादुर वली, ६ का वडा अध्यक्ष भरत कुमार बुढा मगर,परिवर्तन गाउँपालिका स्वास्थ्य शाखा संयोजक दिपक घर्ती मगर, परिवर्तन गाउँपालिका शिक्षा शाखा प्रमुख बालाराम वली, परिवर्तन गाउँपालिका पूर्वाधार शाखा प्रमुख खगेन्द्र बुढा मगर,परिवर्तन गाउँपालिका नेकपा माओवादी केन्द्रका सचीव कर्ण बुढा मगर, परिवर्तन गाउँपालिका नेकपा एमालेका प्रतिनिधि तिलबहादुर पुन, उद्योग वाणिज्य संघका संयोजक प्रेम कुमार बुढा मगर, नेपाल रेडक्रस सोसाइटी उपशाखा परिवर्तन गाउँपालिका–३ का संयोजक प्रवेश प्रसाद बुढा मगर, ईलाका प्रहरी कार्यालय ओबाङका प्रहरी निरीक्षक ओमभक्त केसी, अस्थायी प्रहरी पोष्ट पुतलाचौरका प्रहरी निरीक्षक किरण चौधरी र युवा क्लबका प्रतिनिधि रविन बुढा मगरको सहभागिता रहेकोे थियोे भने अन्य उपस्थितिमा परिवर्तन गाउँकार्यपालिकाका सदस्य जयबहादुर घर्ती मगर, शिक्षिका नन्दकला बोहरा र बुद्धिजीवी धर्मराज घर्ती मगर लगायतको समेत सहभागिता रहेको थियोे ।

बैठकमा भूकम्पबाट प्रभावित व्यक्तिहरुलाई अस्थाई आवास निर्माणका लागि जिल्ला विपद व्यवस्थापन समितिलाई पठाउने निर्णय समेत भएको छ । जसमा परिवर्तन गाउँपालिका–१ कुरेलीबाट कुमाली रोकाको घर,माया कुमारी रोकाको घर र मनबहादुर वलीको घर रहेको छ।परिवर्तन गाउँपालिका–२ राङ्सीबाट अम बहादुर घर्तीको घर र मन कुमारी डाँंगीको घर रहेको छ । परिवर्तन गाउँपालिका–४ पाछाबाङबाट देवीलाल बुढाको घर रहेकोे छ ।

यी सबै पूर्ण रूपमा क्षति भएका व्यक्तिका घरहरु हुन । पूर्ण निर्माणको लागि जिल्ला विपद व्यवस्थापन समितिमा पठाउने निर्णय भएको स्थानीय विपद व्यवस्थापन समिति परिवर्तन गाउँपालिकाले जानकारी दिएको छ । बैठकको सञ्चालन स्थानीय विपद व्यवस्थापन समितिका सदस्य सचीव विकास विक्रम आलेले गर्नु बताएको थियोे।आइतबारकै दिन परिवर्तन गाउँपालिकाको आफ्नै बहुउद्देश्यीय सभाह्ल पुतलाचौरमा विपद सम्बन्धि पूर्वतयारी र प्रतिकार्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम समेत सुरु भएको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, जिल्ला कार्यालय र युएआईडीको आर्थिक सहयोग तथा परिवर्तन गाउँपालिकाको समन्वयमा उक्त कार्यक्रम भएको हो । अभिमुखिकरण कार्यक्रम आइतबार र सोमबार दुई दिनसम्म चल्ने छ । कार्यक्रममा परिवर्तन गाउँपालिका भित्रका ६ वटै वडाबाट ४÷४ जना गरी करिब २४ जनाको सहभागिता रहेको छ ।

१ जना जनप्रतिनिधि १ जना स्वयंसेविका, १ जना विद्यालयका शिक्षक र १ जना टोल विकास समितिका प्रतिनिधि गरि प्रत्येक वडाबाट सहभागी भएका छन।विपद सम्बन्धि पूर्वतयारी र प्रतिकार्य अभिमुखिकरण कार्यक्रम रोल्पा जिल्लामा रोल्पा नगरपालिका र परिवर्तन गाउँपालिकामा सञ्चालन हुँदै आएका छन् । विपद सम्बन्धि पूर्वतयारी र प्रतिकार्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम रोल्पा नगरपालिकामा यश अगाडिनै सम्पन्न भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array