Ad image

एकदिने निःशुल्क मोतियाविन्दु छनोट शिविर धबाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर ११ मंसिर २०८०, सोमबार
1 Min Read
Aa

मालश्री खबर, मंसिर ११ गते रोल्पा

एकदिने निःशुल्क मोतियाविन्दु छनोट शिविर रोल्पा नगरपालिका १० धबाङमा सम्पन्न भएको छ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौ, सामुदायिक आँखा केन्द्र रोल्पा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजनामा रोल्पाको सबै स्थानिय तहमा छनोट शिविर संचालन अन्र्तगत पहिलो दिन धबाङ हिजो आइतबार सम्पन्न भएको हो ।

धबाङको वडा कार्यालयमा संचालन भएको शिविरमा १८५ जनाले सेवा लिएका छन् । त्यस मध्य १५ जनाले नजिक देख्नको लागि चस्मा प्रयोग गर्नु पर्ने भएको छ । र ६ जना मोतियाविन्दु भएका बिरामीको शल्यक्रिया गर्नु पर्ने भएको सामुदायिक आँखा केन्द्र रोल्पाका कार्यालय प्रमुख खड्क भाटले जानकारी दिनुभएको छ ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौ, सामुदायिक आँखा केन्द्र रोल्पा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजनामा रोल्पाका सबै स्थानिय तहहरुमा मंसिर १० गते बाट छनोट शिविर संचालन भएका छ ।

- Advertisement -
Ad image

शिविरबाट छनोट भएका मोतियाविन्दुका बिरामीहरुको मंसिर २८ र २९ गते रोल्पा उद्योग वाणिज्य महासंघ रोल्पाका भवनमा शल्यक्रिया हुने प्रमुख खड्क भाटले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

Array