Ad image

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा सिर्पमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर ९ मंसिर २०८०, शनिबार
2 Min Read
Aa

मालश्री खबर, मंसिर ९ गते रोल्पा ।

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस २०२३ को अवसरमा लुङ्ग्री गाउँपालिका वडा नम्बर २ सिर्पमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । ‘महिला सशक्तीकरण तथा उत्थान कार्यक्रम’ अन्तर्गत ‘महिला हिंसा अन्त्यमा हाम्रो भूमिका’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

वडा सदस्य मन कुमारी पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा लुङ्ग्री गाउँपालिका २ सिर्पका वडा अध्यक्ष अमृत घर्ती रहनुभएको थियो ।

- Advertisement -
Ad image

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं लुङ्ग्री गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष अमृत घर्तीले समाजमा रहेका विकृतिहरूलाई हटाउनको लागि वडा कार्यालयले भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले महिलाहरूको आर्थिक तथा सामाजिक विकासका लागि वडा क्षमता विकासका लागि पछिल्लो समयमा पनि कार्यक्रम ल्याउने बताउनुभयो ।

वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा बाट प्रथम सगरमाथा स्वावलम्वन समूहकी रेशमी पुन मगर, द्वितिय उन्नति स्वावलम्वन समूहकी अन्जना विक, तृतीय सिर्जनशील स्वावलम्बन समूहकी निर्मला शर्मा, र सान्त्वना सुर्यचन्द स्वावलम्बन समूहकी दालसरी खड्का हुनुभएको बताइएको छ ।

कार्यक्रममा वडा सदस्य गोविला घर्ती, सरज बहादुर खड्का, हरिकला कामी, हुरेक नेपाल रोल्पाकी समाजिक परिचालिका मनिसा भारती, चेतना खड्का, सिर्प स्वास्थ्य चौकीका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियो ।

वडाका कर्मचारी फुलकुमारी दशैडीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव शिवराज विश्वकर्माले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array