Ad image

देउसी भैलोबाट उठेको रकमले विद्यालयमा अक्षय कोषको स्थापना

मालश्री खबर
मालश्री खबर ९ मंसिर २०८०, शनिबार
1 Min Read
Aa

मालश्री खबर

लुङ्ग्री गाउपलिका ४ सालडाडाको विजयश्वरी आधारभुत विद्यालयले यो सालको देउसी भैलो कार्यक्रम समापन गरेको छ । हिजो विद्यालयको प्रङ्गणमा एक कार्यक्रमका विच समापन गरेको विद्यालयले जानकारी दिएको छ ।

‘शिक्षित समाज निर्माण, मावी संचालनको पहिलो आधार’ भन्ने उद्दश्यका साथ विद्यालयले देउसी भैलो खेलेको थियो । देउसी भैलोबाट जम्मा ३ लाख, ३ हजार, ६ सय ७३ रुपैया संकलन भएकोमा ९८ हजार, ५ सय, २ रुपैया भैलो व्यबस्थापनमा खर्च भएको विद्यालयले जनाएको छ । बचेको २ लाख, ५६ हजार, १ सय, ५३ रुपैया मावी संचालन अक्षय कोषमा जम्मा हुने बताइएको छ ।

विजयश्वरी आवीले यो साल देखी मावी संचालनमा कोषको स्थापना गरी रकम जम्मा गर्ने अभियान अन्र्तगत देउसी भैलोबाट बचेको रकम अक्ष्यकोषमा जम्मा गर्ने निर्णय भएको विद्यालयका शिक्षक पुर्णबहादुर घर्तिले जानकारी दिनुभयो ।

- Advertisement -
Ad image

देउसी भैलो समापन कार्यक्रमको अध्यक्षमा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष पुष्कर केसी रहनुभएको थियो भने प्रमुख अतिथिमा वडा न ४ का वडा अध्यक्ष विरबल खड्का, विशिष्ट अतिथिमा अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय प्रथम उपाध्यक्ष, वडा न. ४ का वडा सदस्य कृष्णी घर्ति रहनु भएको थियो ।

अतिथिहरुमा प्रधानअध्यापक मानिक बिष्ट लगायत विभिन्न समुहका प्रतिनिधी, शिक्षक विद्याथी, अभिभावकको उपस्थित रहेको थियो । कार्यक्रममको संचालन शिक्षक मुरारी पोख्रेलले गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array