Ad image

परम्परागत मेलाले आर्थिक, सांस्कृतिक र राजनीतिक महत्व बोकेको हुन्छ–प्रतिनिधि सभाका सांसद घर्ती

मालश्री खबर
मालश्री खबर ८ मंसिर २०८०, शुक्रबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर मङ्सिर ८ रोल्पा ।

रुकुम पूर्वका प्रतिनिधि सभाका सांसद पूर्ण घर्ती मगरले परम्परा मेलाले आर्थिक, सांस्कृतिक र राजनीतिक महत्त्व बोकेको बताउनु भयो ।

परम्परागत राक्सेबाङ मेला जलजला युवा क्लबको १७ औं वार्षिकोत्सबको अवसरमा आयोजित सहित स्मृति खेलकुद महोत्सव तथा बृहत कृषि प्रदर्शनी–२०८० लाई परिवर्तन गाउँपालिका–४ पाछाबाङ्को राक्सेबाङ्मा उद्घाटन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।

नेकपा माओवादी केन्द्रको तीन महिने अभियानको रोल्पा जिल्ला इन्चार्ज समेत रहेका घर्तीले यो समय सबै कामहरु सकाएर जमघट हुने पर्वको रूपमा परम्परा मेला लाग्ने गरेको समेत बताउनु भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थान भएको र हामी दोस्रो कार्यकालमा रहेको बताउदै अहिले आमा नागरिकमा जुन जोगी आएपनी काँनै चिरिएको भन्न थालेको बताए । आमा नागरिकले विकास समृद्धि,रोजगारी खोजेको बताउदै तत्कालै त्यो सम्भव नभए र नेपालमा उद्योग कलकारखानाहरुको स्थापना हुन नसक्नु दुःखद पक्ष भएको बताउदै अहिले नेपालका युवाहरु युरोप, खाडी मुलुक तिर जाने गरेको समेत बताउनुभयो ।

- Advertisement -
Ad image

अहिले पछिल्लो समय अमेरिका जाने युवाहरुको संख्या पनि तीब्र रहेको र घर जग्गा बन्दकी राखेर पचास साठी लाख तिरेर जाने गरेको समेत बताउनुभयो । अबको आफूहरूको लक्ष्य समाजवाद उन्मुख खोजेको जिकिर गर्दै अबको कृषि प्रणालीमा परम्परागत कृषि प्रणाली भन्दा पनि आधुनिकीकरण र यान्त्रिकरणको माध्यमबाट मात्र सम्भव भएको बताए ।

अहिले समाजमा यो भएन त्यो भएन भन्ने गुनासो हुन थालेको स्वभाविक भएको बताए।हिजो काठमाडौमा दुर्गा प्रसाईं जस्ता र युवा संघ नेपाल एकैदिन कार्यक्रम गर्नु उचित नभएको बताए । हिजोको राजतन्त्रलाई फ्याकेको जिकिर गर्दै फेरि नेपालमा राजतन्त्र ल्याउने केही शक्तिहरु ह्याबी भएको र त्यो सम्भव नभएको बताए ।

हिजोको १० बर्षे जनयुद्ध,१९ दिने जनआन्दोलन लगायतबाट उपलब्ध भएको संघीयतालाई असफल बनाउने चलखेल भएको बताउदै त्यसको लागि सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिनु अहिलेको आवश्यकता रहेको बताए ।।

प्रतिक्रिया दिनुहोस्

Array