Ad image

जलजला युवा क्लव पाछाबाङ रोल्पाको बार्षिकोत्सव भोली उद्वघाटन हुने

मालश्री खबर
मालश्री खबर ७ मंसिर २०८०, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, मंसिर ७ गते रोल्पा ।

जलजला युवा क्लव परिवर्तन गाउँपालिका ४ पाछाबाङ रोल्पाले आफ्नो १७ औँ बार्षिकोत्सव मनाउने भएको छ ।

रुकुम पुर्वका प्रतिनिधि सभाका सांसद पुर्णबहादुर घर्तिको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्य र परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढाको विशिष्ट आतिथ्यतामा भोली उद्धघाटन हुने क्लबले जानकारी दिएको छ ।

शहिद मेमोरियल खेलकुद महोत्सव तथा वृहत कृषि प्रदर्शनी २०८० अन्र्तगत विभिन्न प्रतियोगिताको आयोजना गरी मंसिर ८ गते देखि ११ गतेसम्म संचलान हुनेछ ।

- Advertisement -
Ad image

“राष्ट्रको लागि विविधतामा एकता,स्वस्थ नागरिकका लागि खेलकुद आवश्यकता” भन्ने मूल नाराको साथमा बार्षिकोत्सव मनाउने भएको छ । कार्यक्रममा खुल्ला शुद्ध वडा स्तरीय पूरुष भलिवल प्रतियोगिता, खुल्ला शुद्ध वडा स्तरीय पूरुष फुटसल, खुल्ला शुद्ध वडा स्तरिय महिला भलिबल, खुल्ला हाजिरी जवाफ र खुल्ला गजल रचना तथा बाचन प्रतियोगिताको आयोजना गरिएको आयोजकले बताएको छ ।

क्लवले आयोजना गरेको वार्षिकोत्सवको अवसरमा विभिन्न संघ संस्था, युवा क्लव, युवा समूह, राजनितिक दल, शिक्षाप्रेमि, साहितयकार, बुद्धिजिवी, सुरक्षाकर्मी, समाजसेवी, पत्रकार, खेलाडी, खेलप्रेमी, शिक्षक, विद्यार्थी, झाँकी नाच समूह र आमा समूह लगायतलाई सहभागि जनाई कार्यक्रमलाई सफल बनाई दिन क्लवले सम्पूर्णमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array