Ad image

न्यायिक समितिको जिल्ला सम्मेलन मङ्सिर १५ गते सुलिचौरमा हुने

मालश्री खबर
मालश्री खबर ७ मंसिर २०८०, बिहीबार
1 Min Read
Aa

भरत विश्वकर्मा, मंसिर ७ गते सुलिचौर रोल्पा ।

सुनिलस्मृति गाउँपालिका न्यायिक समितिले जिल्ला सम्मेलन गर्ने भएको छ । गाउँपालिका न्यायिक समितिले यहीँ मंसिर १५ गते शुक्रवारका दिन न्यायिक समितिको जिल्ला सम्मेलन गर्ने जनाएको छ ।

सुनिलस्मृति गाउँपालिका न्यायिक समितिको आज (बिहीबार) बसेको बैठकले उक्त दिन जिल्ला सम्मेलन गर्न लागेको सुनिलस्मृति गाउँपालिका न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष मिना थापाले जानकारी दिनुभयो ।

उक्त सम्मेलन सुनिलस्मृति गाउँपालिकाको केन्द्र सुलिचौरमा गर्ने र सम्मेलनमा रोल्पा जिल्लाका सबै स्थानीय तहका न्यायिक समितिका पदाधिकारी, कर्मचारी र जिल्ला न्यायधिसलाई आमन्त्रण गर्ने उहाँले बताउनुभयो ।

- Advertisement -
Ad image

उहाँले सम्मेलनमा हालसम्म सबै स्थानीय तहहरूका न्यायिक समितिबाट भएका न्यायिक कार्य सम्पादन, निरुपन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने गरि सहभागी हुन आग्रह गर्नुभएको छ ।

उक्त सम्मेलनमा जिल्लाका सबै पालिकाले स्तनपान कक्ष र सेफ हाउस एकरूपता आधारमा सञ्चालन लिनका लागि साथै न्यायिक समितिबाट भएका कार्यसम्पादन तथा अनुभव आदानप्रदान र समस्या समाधानको विषयमा समीक्षा गर्नका लागि न्यायिक समिति घुम्ती बैठक सञ्चालन गर्न प्रस्ताव पेस गर्ने निर्णय भएको सुनिलस्मृति गाउँपालिकाको न्यायिक समितिले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array