Ad image

नेकपा महासचिव विप्लवलाई सुलिचौरमा भव्य स्वागत

मालश्री खबर
मालश्री खबर ७ मंसिर २०८०, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, मंसिर ७ गते रोल्पा ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लव सीलाई बुधबार रोल्पाको सुलिचौरमा भव्य स्वागत गरिएको छ । शुक्रबार रोल्पाको थवाङमा आयोजित पार्टी पूनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्वोधन गर्न रोल्पा जाने क्रममा सुलिचौर पुगेका विप्लवलाई पार्टी र स्थानीयले भव्य स्वागत गरेका हुन ।


जनयुद्धको केन्द्रको रुपमा स्थापित रोल्पाको थवाङ जाने क्रममा सुलिचौर पुगेका विप्लवले अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै एमसीसी विरुद्ध कडा प्रतिरोध गर्ने चेतावनी दोहो¥याएका छन् । मुलुक राजनीति,आर्थिक,सामाजिक लगायत सबै क्षेत्रबाट अफ्ट्यारोमा परेको भन्दै नयाँ ढंगबाट समाधान खोज्नु पर्ने बताएका छन् । महासचिव विप्लवले वैदेशिक हस्तक्षेप बढेको बताउदै लोकप्रियताका नाममा भ्लोदिमिर जेलेन्स्की जन्माउने कोशिस गरिरहेको बताउदै त्यो प्रति सचेत हुन जरुरी रहेको बताए ।
माओवादी एकता तर्फ संकेत गर्दै महासचिव विप्लवले मन्त्री र सांसदका लागि मात्रै माओवादी एकता नभई देश एवम् जनतालाई केन्द्रमा राखेर नयाँ ढंगले एकता हुने संकेत समेत गरे ।
मङ्सिर ८ गते रोल्पाको थवाङमा पार्टी पूर्नगठन दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्न महासचिव विप्लव,स्थायी समिति सदस्य विषम सी, अनिल सी लगायतका नेताहरू थवाङ जादैछन् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array