Ad image

मोतियाविन्दुको निशुल्क अप्रेशन मंसिर २८ र २९ गते लिबाङमा हुने

मालश्री खबर
मालश्री खबर ६ मंसिर २०८०, बुधबार
2 Min Read
Aa

मालश्री खबर, मंसिर ६ गते रोल्पा ।

जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पाले मंसिर २८ र २९ गते लिबाङमा मोतियाविन्दुको निशुल्क अप्रेशन शिविर गर्ने भएको छ । तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाण्डौं, जिल्ला सामुदायिक आँखा केन्द्र लिबाङ र नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाको आयोजना तथा विभिन्न स्थानीय संघ संस्थाहरुको सहयोगमा शिविर हुने भएको हो ।

शिविरको अवसर पारेर आँखाका समस्या भएका विरामीहरुले आँखा चाँज गर्न पाउने भएका छन् । जस अन्र्तगत निशुल्क मोतियाविन्दुको छनोट शिविर मंसिर १० गते धबाङ स्वास्थ्य चौकी, ११ गते खुमेल स्वास्थ्य चौकी, १२ गते बाहिरी गाम स्वास्थ्य चौकी, १३ गते घोडागाँउ स्वास्थ्य चौकी, १४ जेदबाङ स्वास्थ्य चौकी, १५ गते सुखा ओडार स्वास्थ्य चौकीमा हुने भएको छ ।

त्यस्तै १६ गते जेलबाङ स्वास्थ्य चौकी, १७ गते तालाबाङ स्वास्थ्य चौकी, १८ गते थबाङ स्वास्थ्य चौकी, १९ गते मिरुल टुटु स्वास्थ्य चौकी, २० गते खरिबोट स्वास्थ्य चौकी, २१ गते पाछाबाङ स्वास्थ्य चौकी, २२ गते बागमारा स्वास्थ्य चौकी, २३ गते कोर्चाबाङ मिनाही स्वास्थ्य चौकी, २४ गते जुगाँर नेर्पा सन्त निरंकारी मण्डल भवन र २५ गते गैरीगाँउ तिला वडा कार्यालय भवनमा छनोट शिविरको आयोजना गरिएको छ ।

- Advertisement -
Ad image

अप्रेशन गर्नुपर्ने महिलाहरुलाई अप्रेशन गरि सकेपछि पुरस्कार स्वरुप एक हजार नगद प्रदान गरिने छ । २८ र २९ गतेको मोतियाविन्दुको आँखा अप्र्रेशन रोल्पा उद्योग वाणिज्य संघको भवन लिबाङमा शिविर आयोजना हुने जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पाका अध्यक्ष नौलसिंह पुनमगरले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array