Ad image

जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पाद्वारा सामाजिक लेखा परिक्षण

मालश्री खबर
मालश्री खबर ५ मंसिर २०८०, मंगलवार
3 Min Read
Aa

मालश्री खबर, मंसिर ५ गते मंगलबार लिबाङ रोल्पा ।

जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पाले सामाजिक लेखा परिक्षण कार्यक्रम गरेको छ । जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पाका अध्यक्ष नौलसिंह पुनमगरको अध्यक्षतामा आज रोल्पाको लिबाङमा समाजिक लेखा परिक्षण सम्पन्न भएको सामुदायिक आँखा केन्द्र रोल्पाले मालश्री खबरलाई जानकारी दिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौंबाट आउनुभएका हरि कार्कीले समग्र देशमा आर्थिक बर्ष र गत बर्षको समान्य अवस्था र रोल्पा जिल्लाको आँखामा हुने समस्या र उपचार गराउनेहरुको बारेमा प्रस्तुती दिनुभएको थियो ।
२०६५ सालमा स्थापना भएको जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पाबाट अहिले सम्म ८४ हजार जनाले सेवा लिइसकेका छन् भने २६ सय जनाले शल्लेक्रृया सेवा लिएका छन् । सन् २०२२ मा आँखा केन्द्रबाट ३७ सय जनाले सेवा लिएका छन् । २०२३ मा ५ हजार जनाले सेवा लिने लक्ष्य रहेकोमा अहिले सम्म ४ हजार जानले सेवा लिइ सकेका छन् ।

सामुदायिक आँखा केन्द्रको शाखा पुर्वमा सुलिचौर, पोबाङ, पश्चममा घर्तिगाउँमा संचालन छन् भने दक्षिणमा होलेरीबाट अब संचलन हुने प्रस्तुतीको क्रममा तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौंबाट आउनुभएका हरि कार्कीले बताउनुभएको थियो ।

- Advertisement -
Ad image

सामुदायिक आँखा केन्द्रले तिलगंगा आँखा प्रतिष्ठान र रेडक्रस रोल्पाको सहयोगमा बर्षमा २ पटक आँखा शिविर संचलन गर्दै आएको छ । रोल्पा जिल्लाका सबै वडाहरुमा शिविरको आयोजना गरी मोतियाविन्दुको शल्लेक्रिया गर्नू पर्ने व्यक्तीलाई सदरमुकाममा ल्याएर मोतियाविन्दुको शल्लेक्रिया गर्दै आएको छ । विभिन्न विद्यालयहरुका ६० जना शिक्षकलाई आँखा सम्बन्धी तालिम प्रदान गरिसकेको र विभिन्न जनचेतना मुलक कार्यक्रमहरुको आयोजना गरिरहेको छ । विद्यालय जाने बालबालिकाले चस्मा लगाउनु पर्ने भएमा चस्मा खरिदमा १ हजार छुट दिदै आएको हरिकार्कीले बताउनुभएको थियो ।

प्रस्तुतिकोमा हरि कार्कीले अन्धोपनको प्रमुख विषय मोतियाविन्दु भएको बताउनुभएको थियो । नेपालको कुल जनसङख्या मध्य २० प्रतिशन मानिसमा केही न केही आँखाको समस्या भएकोमा रोल्पाको कुन जनसङख्याका ३० प्रतिशत जनसङख्यामा आँखाको समस्या भएको बताउनुभयो ।

रोल्पामा ७० हजार जानले आँखा जान गराउनु पर्ने, १ हजार जानले मोतियान्दिुको शल्लेक्रृया गराउनुपर्ने, ५ प्रतिशत बालबिलिकाले चस्मा लगाउनुपर्ने अवस्था रहेको तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौंको डाटाले देखाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सीता आचार्य, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ति, रोल्पा नगरपालिका वडा न. १ का वडा अध्यक्ष खुम थापा, प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरे, नेपाली कांग्रस रोल्पाका उपसभापती कविता उपाध्यक्ष, नेकपा एमालेका प्रतिनिधि घनश्याम आचार्यको उपस्थित रहेको थियो ।

त्यस्तै डिएसपी श्याम कुमार सारुमगर, स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुबेदी, अधिवक्ता तेजविक्रम मल्ल, जलजला वहुमुखी क्यापस रोल्पाका प्रमुख खेम खड्का लगायत अन्य राजनितिक दल, उद्योग वाणिज्य माहा संघ, जिल्ला समन्वय इकाइ, संघसस्था, मिडियाका प्रतिनिधीहरुको उपस्थितमा भएको कार्यक्रमको संचालन रेडक्रस शासाइटी रोल्पा शाखाका प्रमुख डिबी घर्तिले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array