Ad image

रोल्पामा भौतिक पूर्वाधारको क्षेत्रमा धेरै परिवर्तन भएको छ-प्रधानमन्त्री प्रचण्ड

मालश्री खबर
मालश्री खबर २५ कार्तिक २०८०, शनिबार
3 Min Read
Aa

मालश्री खबर कात्तिक २५ गते रोल्पा ।
जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शुक्रबार रोल्पाको लिवाङ टुडिखेलमा आयोजित वृहत् जनसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलेको तुलनामा भौतिक पूर्वाधारको क्षेत्रमा रोल्पा धेरै परिवर्तन संगै विकास भएको बताउदै रोल्पा जिल्लाले विगतमा गरेको त्याग र बलिदानको तुलनामा प¥याप्त नभएको बताउनुभयो ।


त्यस्तै कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले जनवादी क्रान्ति पुरा गरेर आफुहरू अहिले समाजवादी कान्तिको तयारीमा रहेको बताउनु भएको थियो । ‘हिजो सामन्तवाद, निरङ्कुश शासन, जनवादी आदार केन्द्रको रूपमा ठुलो भूमिका खेल्यो ।, अव हामी जनवादी कान्ति पुरा गरेर मौलिक तरिकाले समाजवादी कान्तिको तयारीमा रहेको रहेका छौ ।’ उहाँले भन्नुभयो ।

नक्कली भुटानी शरणार्थी, भष्ट्राचारको विरुद्धमा अहिलेको सरकारले राम्रो काम गरिरहेको बताउदै, आफू प्रधानमन्त्री हुदाको र अहिलेको अर्थतन्त्रमा धेरै सुधार आएको बताउनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले “क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा नहुने बताउनु भएको छ । त्यहि भएर क्रान्ति र आन्दोलन सधै एउटै रेखामा नगएको समेत बताउनु भयो । “शान्ति प्रक्रियापछि माओवादीहरू विभाजित हुदा देशलाई ठुलो घाटा लागेका बताउदै प्रधानमन्त्री प्रचण्डले अब छिट्टै सबै कम्युनिष्ट सक्तिहरु एकताबद्ध भएर जाने बताउनु भएको छ ।

- Advertisement -
Ad image

सोही सभालाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रका उपमहासचिव एंव पूर्व उर्जा जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले सरकारले भष्ट्राचार, सुशासन कायम गर्न राम्रो काम गरेको बताउनु भयो । कृष्ण बहादुर, नन्दकिशोर र आफ्नो बारेमा नराम्रो कुरा उठेको बताउदै आफुहरूले कुनैपनि गल्ती नगरेको बताउनु भयो । साथै गल्ती साबित भएमा आफै सरणमा पर्ने समेत बताउनु भयो ।

भौतिक पूर्वाधारको क्षेत्रमा विकास भएको बताउदै अहिले रोल्पाको प्रत्येक वडामा मोटरबोट पुग्नुका साथै आफुहरूको पहलमा कृषि क्याम्पस, सरकारी क्याम्पस, सिटिइभिटिको कलेज भएको बताउदै यो नै विकास र प्रगति भएको बताउनु भयो ।

यातायातको पहुँचले गर्दा घरघरबाट किसानले आफूले उत्पादन गरेको सामाग्री बजार ल्याएर बेच्न सक्ने अवस्थाको सिर्जना भएको बताउनुभयो । कृषि, पूर्वाधारको क्षेत्रमा धेरै कामहरू अगाडी बढेको बताउदै हिजो भन्दा १५ वर्षको समयमा रोल्पालीको त्याग र बलिदानको कारण सम्भव भएको बताउनुभयो । नेपाल विस्तारै आर्थिक विकास र उन्नतिमा अगाडी बढिरहेको समेत बताउनु भयो ।


सभालाई नेकपा माओबादी केन्द्रका लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले समेत सम्बोधन गर्नु भएको थियो ।


नेकपा माओबादी केन्द्रका केन्द्रिय स्तरका नेता एंव जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका रोल्पा जिल्ला इन्चार्ज पुर्ण घर्तिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेकपामा माओबादी केन्द्र जिल्ला समन्वय समिती रोल्पाका संयोजक पुर्ण केसिले गर्नु भएको थियो भने स्वागत मनतव्य नेकपामा माओबादी केन्दका बैकल्पिक केन्द्रिय सदस्य सुरेन्द्र थापा घर्तिमगरले राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array