Ad image

कार्य सम्पादनमा स्वास्थ्य कार्यालय रोल्पा प्रदेशको द्वितीय स्थानमा

मालश्री खबर
मालश्री खबर २५ कार्तिक २०८०, शनिबार
3 Min Read
Aa

मालश्री खबर कात्तिक २५ गते रोल्पा ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०७९/८० मा लुम्बिनी प्रदेश भर सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय वार्षिक समीक्षा कार्यक्रम लुम्बिनी प्रदेशको घोराही दाङमा सम्पन्न भएको छ ।

कार्तिक २० गते देखि २२ गते सम्म सञ्चालन भएको उक्त कार्यक्रम स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डा. विनोद कुमार गिरीज्युको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका अर्थमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका साथै स्वास्थ्य बिभागका प्रतिनिधिहरू, प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल के.सी लगायत स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थी लगाएतको उपस्थिति रहेको थियो, विशेष कारणले देश बाहिर रहनुभएका स्वास्थ्य मन्त्रालय लुम्बिनि प्रदेशका माननीय स्वास्थ्य मन्त्री श्री राजु खनाल भर्चुवल माध्यमबाट उक्त कार्यक्रममा जोडिनुभएको थियो ।

लुम्बिनि प्रदेशका १२ वटै जिल्ला स्थित स्थानीय तह, स्वास्थ्य कार्यालय, अस्पताल र आयुर्वेद कार्यालयहरुले कार्तिक पहिलो साता भित्र समीक्षा कार्यक्रम सम्पन्न गरे पश्चात स्वास्थ्य निर्देशनालयले प्रदेश स्तरिय समीक्षा कार्यक्रमको आयोजना गरेको र लुम्बिनी प्रदेश लगायत देशका सबै सातवटै प्रदेशले समीक्षा सम्पन्न गरे पस्च्चात राष्ट्रिय समीक्षा कार्यक्रम मंसिर महिनाको पहिलो साता सम्म हुने जानकारी आएको स्वास्थ्य कार्यालय रोल्पाका सूचना अधिकारी अरुण भितु उपाध्यायले गराउनु भएको छ ।

- Advertisement -
Ad image

कार्यक्रममा प्रदेशका १२ वटै जिल्लाहरुले गत आ.व. २०७९÷८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रगति अवस्था, सूचङ्काक विश्लेषण, लक्ष्य अनुसारको प्रगति विवरण सहित चालु आ.व.मा गरिने कार्यक्रम र प्राथमिकता क्षेत्रको बारेमा प्रस्तुतीकरण गरेका थिए, साथै प्रदेश स्तरिय कार्यालयहरु, प्रदेश आपुर्ती व्यवस्थापन केन्द्र, तालिम केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला लयायत मातहतका सबै जिल्लाहरुले आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए ।साथै लुम्बिनी प्रदेशभर सक्रिय गैर सरकारी संस्थाहरु र निजि क्षेत्रको समेत प्रस्तुतीकरण रहेको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशमा मातृ मृत्युको विधमान अवस्था र आगामी कार्यदिशा भन्ने विषयमा केन्द्रित रहेर प्यानल सहित छलफल गरिएको थियो । प्यानल डीस्कसन् कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख बिशाल सुबेदीले गर्नु भएको थियो ।छलफल बाट आएको निस्कर्षबाट लुम्बिनी प्रदेशले जनस्वास्थ्य क्षेत्र सुधारको साझा रोड म्याप तयार गर्नेछ ।

आ.व.२०७९÷८० मा सम्पादित स्वास्थ्य कार्यक्रम तथा मुख्य मुख्य सुचकको आधारमा मुल्यांकन गर्दा आयुर्वेद तर्फ प्रथम स्थान कपिलबस्तु आयुर्वेद स्वास्थ्य केन्द्र, द्वितिय स्थान लुम्बिनी आयुर्वेद चिकित्सालय र तृतिय स्थान बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रले हासिल गरेको थियो । यसैगरी प्रदेश मातहतका अस्पताल तर्फबाट प्रथम बर्दिया अस्पताल, द्वितीय स्थान कपिलबस्तु अस्पताल र तृतिय स्थान लुम्बिनी प्रादेशिक अस्पतालले हासिल गरेकका थिए भने स्वास्थ्य कार्यालय तर्फ स्वास्थ्य कार्यालय पाल्पा प्रथम, स्वास्थ्य कार्यालय रोल्पा द्वितिय, र स्वास्थ्य कार्यालय रुपन्देहीले तृतिय स्थान हासिल गरेको थिए, साथै उत्कृस्ट कार्यसम्पादन गर्ने कार्यालयलाई सम्मान पत्र र मायाको चिनोले सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेशको विद्यामान समस्या समाधानका साथै समग्र जनस्वास्थ्य क्षेत्र सुधारकालागि ७ बुंदे घोराही घोषणापत्र तथा प्रतिबद्धता जारी गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्