मालश्री खबर, कात्तिक २३ गते रोल्पा ।
रोल्पा नगरपालिकाद्वारा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन गरिने विकास योजनाहरूका उपभोक्ता समितिका पदाधिकारीहरूलाई १ दिने अभिमुखीकरण तथा योजना सम्झौता कार्यक्रम जेदबाङमा सम्पन्न नगरपालिकाले जानकारी दिएको छ ।
नगर प्रमुख सुरेन्द्र थापा घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख गिता आर्चाय, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा योजना शाखा प्रमुख सुशिल थापा, लेखा शाखा प्रमुख बसन्त गिरी, प्राविधिक शाखाका हरीबहादुर कँवरले उपभोक्ता समितिका पदाधिकारीहरूलाई सहजीकरण गर्नुुभएको थियो ।
रोल्पा नगरपालिका ५ नम्बर वडा अध्यक्ष तोपबहादुर नेपालीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव श्यामलाल केसीले गर्नुभएको थियो ।
रोल्पा न.पा. ५ जेदबाङको आफनै वडा भवनमा सम्पन्न भएको यस तालिमबाट उपभोक्ता समितिका पदाधिकारीहरूले समयमै काम सम्पन्न गर्ने र काम सही तवरले गर्ने बताएका छन ।
जेदबाङको तालिम सँगै रोल्पा नगरपालिकाको १० वटै वडाका उपभोक्ता समितिहरूलाई तालिम प्रदान गरिसकेको रोल्पा नगरपालिकाको सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्