मालश्री खबर, कात्तिक २३ गते रोल्पा ।
लुङ्ग्री गाउँपालिका वडा नम्बर ६ बेरीमा शुभदिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा नृत्य प्रशिक्षकलाई विदाई कार्यक्रम सम्पन्न भएको छ । भुमे बराह युवा क्लबको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको उक्त क्लबले जानकारी दिएको छ ।
क्लबको अध्यक्ष रेशम विष्टको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान तथा नृत्य प्रशिक्षकलाई विदाई कार्यक्रममा प्रमुख अतिथिको रूपमा लुङ्ग्री गाउँपालिका ६ का वडा अध्यक्ष जोख बहादुर बुढाथोकी रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनुभएका वडा अध्यक्ष जोख बहादुर बुढाथोकीले क्लबलाई समाज परिवर्तन गर्न तर्फ लाग्न आग्रह गर्नुभएको थियो । क्लबहरूले समाजमा रहेका विभिन्न विकृतिहरूलाई न्यूनीकरण गर्न तर्फ लाग्नुपर्ने उहाँको भनाई रहेको थियो ।
कार्यक्रममा क्लबका सल्लाहकार विनोद बुढाथोकी, महिला समूहकी सचिव खुमा कुमारी रोका क्षेत्री, नेकपा एमालेका प्रतिनिधि गोठे विष्ट लगाएतको सहभागीता रहेको आयोजकले जानकारी दिएको छ । कार्यक्रमको सञ्चालन क्लबका सचिव चन्द्र विष्टले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्