Ad image

जैमाकसलामा दलित तथा विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर वक्स वितरण

मालश्री खबर
मालश्री खबर २२ कार्तिक २०८०, बुधबार
2 Min Read
Aa

मालश्री खबर, कार्तिक २२ गते रोल्पा 

सुनछहरी गाउँपालिका वडा नं. ५ ले निःशुल्क विद्युत मिटर वक्स वितरण गरेको छ । मंगलबर वडा नं. ५ भित्र रहेका दलित तथा विपन्न गैर दलित ४५ घर परिवारलाई निशुल्क विद्युत मिटर बाक्स वितरण गरिएको हो । आर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत वार्षिक बजेट कार्यक्रमको १ लाख ५० हजार बजेटबाट दलित तथा विपन्न गैर दलितहरु लक्षित कार्यक्रम अन्र्तगत ४५ घरदुरीलाई वितरण गरिएको वडा न. ५ जैमाकसलाका वडा अध्यक्ष देवीलाल रोकामगर जानकारी दिनुभयो ।

सुनछहरी गाउँपालिकाका वडा ५ का वडा अध्यक्ष देवीलाल रोकामगरको अध्यक्षतामा भएको कार्यक्रममा सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अतिथिमा नेपाल विद्युत प्राधिकरण रोल्पाका प्रमुख अशेस्व शाह रहनु भएको थियो ।

- Advertisement -
Ad image

सुनछहरी गाउँपालिका अध्यक्ष तथा मिटर बक्स वितरण कार्यक्रमकमा प्रमुख अतिथि धनबहादुर पुनले विपन्न जनतालाई सहयोगका लागि वडाबाट यस्तो कार्यक्रमक गरिएको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल विद्युत प्राधिकरण रोल्पाका प्रमुख अशेस्व शाहले जनताले पाउने अधिकार मध्य विद्युत पनि अनिवार्य जस्तै बनेको हुदा जनतालाई विद्युत पुर्याउनु कार्यालयको दायित्व र स्थानिय सरकार जिम्मेवार बनेकोमा धन्यावाद दिदै प्राधिकरणको रोल्पाका बस्तीहरु उज्यालो बनाउने लक्ष्य रहेकोले त्यसका लागि नेपाल विद्युत प्राधिकरण कार्यालय लागेको बताउनुभयो । वडाको यस्तो कार्यबाट स्थानीयहरु खुसी भएर वडालाई धन्यावाद समेत दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

Array