मालश्री खबर, कात्तिक २२ गते रोल्पा ।
लुङ्ग्री गाउँपालिका र हुरेक नेपाल रोल्पाको सहकार्यमा लुङ्ग्री गाउँपालिकामा बालविवाह न्यूनीकरण सम्बन्धी तथ्यमा आधारित पैरवी तथा सरोकारवालाहरू बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बालविवाहलाई न्यूनीकरण गर्ने उदेश्यका साथ सरोकारवाला पक्षसँग छलफल गरिएको लुङ्ग्री गाउँपालिकाले जानकारी दिएको छ ।
समाजमा हुने बढ्दो बालविवाहलाई न्यूनीकरण गर्नको लागि जनप्रतिनिधि, किशोर किशोरी लगाएत सरोकारवालाहरू बिच अन्तरक्रिया गरिएको लुङ्ग्री गाउँपालिका उपाध्यक्ष दिलकुमारी गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा बालविवाह कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने ममत्वपूर्ण विषयमा केन्द्रीत रहेर छलफल भएको उहाँले बताउनु भयो ।
हुरेकद्वारा सञ्चालित कार्यक्रमले गर्दा बालविवाह न्यूनीकरणमा सहयोग गरेको बताउदै समाजमा बालविवाहलाई न्यूनीकरण गर्नको लागि अग्रसर रहेको बताउनु भयो ।
कार्यक्रममा लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापा, उपाध्यक्ष दिलकुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत जित बहादुर परियार, वडा अध्यक्षहरू, हुरेकका कर्मचारी, सात वटै वडाका किशोर किशोरी, लगाएतको सहभागीता रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्