Ad image

जनचेतना युवा समुहको १४ औं वार्षिक उत्सव उद्वघाटन

मालश्री खबर
मालश्री खबर २१ कार्तिक २०८०, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक २१ गते रोल्पा

जनचेतना युवा समुहको १४ औं वार्षिक उत्सव उद्वघाटन भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित परिवर्तन गाउँपालिका वडा न। ३ इरिवाङ, सर्पलोट रोल्पामा रहेको जनचेतना युवा समुहको हिजो एक कार्यक्रम बीच वार्षिक उत्सवको उद्वघाटन भएका हो ।

जनचेतना युवा समुहका अध्यक्ष मदन कुमार डाँगीको अध्यक्षतामा भएको उद्वघाटन कार्यक्रममा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढामगरको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट आतिथ्यतामा परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम जि।एम।, वडा नं। ३ का वडा अध्यक्ष खिम विक्रम चन्द रहनुभएको थियो ।
परिवर्तन गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रममका प्रमुख अतिथि सुकबहादुर बुढामगरले समाजका सस्कृती जोगाउने काममा लागेकोमा समुहलाई धन्यावाद दिनुभयो । गाउँपालिकाले जनचेतना युवा समुहको भौतिक संरचना निर्माणको लागि सहयोग गर्न तयार रहेको बताउनुभयो ।

समुहका सदस्य निशा डाँगीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको संचालन समुहका सचिव देवराज डाँगीले गर्नु भएको थियो । कार्यक्रममा पैसेरु नाच, आमा समुह नाच प्रस्तुत गरिएको थियो ।

- Advertisement -
Ad image

वार्षिक उत्सवको अवसरमा साविक वडास्तरीय पुरुष भलिवल प्रतियोगिता, महिला वडास्तरीय भलिवल प्रतियोगिता, लोकदोहोरी गित प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, घैटा फोर प्रतियोगिता कार्यक्रम लगायत सास्कृतिक कार्यक्रममको आयोजना गरिएको समुहका एक सदस्यले मालश्री खबरलाई जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array