Ad image

रोल्पा नगरपालिकाद्धारा उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण कार्यक्रम माडीचौरमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २० कार्तिक २०८०, सोमबार
2 Min Read
Aa

मालश्री खबर, कात्तिक २० गते रोल्पा ।

रोल्पा नगरपालिका नगरकार्यपालिकाको कार्यालयबाट आ.ब. २०८०/८१ मा संचालन गरिने विकास आयोजनाहरुका उपभोक्ता समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम माडीचौरमा सम्पन्न भएको छ । रोल्पा नगरपालिका वडा नम्बर ६, ७ र ८ का उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको उपस्थितिमा माडीचौरको सामुदायिक भवनमा तालिम सम्पन्न भएको रोल्पा नगरपालिका नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

तालिमको अध्यक्षता रोल्पा नगरपालिका वडा न. ७ कि वडा सदस्य सुनिता महरले गर्नुभएको थियो । तालिमको प्रशिक्षण लेखा शाखा प्रमुख बसन्त गिरी, प्राविधिक शाखाका हरीबहादुर कँवर, आ.ले.प. हरी के.सी. र रोल्पा न.पा. ५ नम्बर वडा सचिव श्यामलाल के.सी.ले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख सुशिल थापाले गर्नुभएको थियो ।

- Advertisement -
Ad image

यसैबिच लुम्बिनी प्रदेसका सभासदस्य दिपेन्द्र कुमार पुनमगरको प्रमुख आतिथ्यतामा सामुदायिक भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बाल उदय माबि माडिचौरको जग्गामा निर्माण भएको तिनतले सामुदायिक भवन बाल उदय माबि माडिचौरलाई नै हस्तान्तरण गरिएको छ ।


रोल्पा न.पा. ७ नम्ब वडा अध्यक्ष लालबहादुर घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेस सभा सदस्य पुनमगरले सांचो हस्तान्तरण गर्नुभएको थियो । भवन डिभिजन कार्यालयले निर्माण गरेको उक्त भवन रोल्पा नगरपालिकाले बाल उदय मा.बि. माडिचौरलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा नगर प्रमुख सुरेन्द्र थापा घर्तीले समेत बोल्नुभएको थियो । भने बाल उदय माबि माडिचौरका प्रधानअध्यापक कृष्ण बहादुर पुनमगरले उक्त भवन निर्माण तथा वतृमान अवस्थाको बारेमा जानकारी दिनुभयो ।

भवन हस्तान्तरण पश्चात संरक्षणमा समेत चासो दिन नगर प्रमुखले आग्रह गर्नुभएको छ । दुबै कार्यक्रममा रोल्पा नगरपालिकाका विभिन्न शाखाका प्रमुख प्रतिनिधिहरु, ६,७ र ८ का वडा सचिवहरु, वडाका जनप्रतिनिधि , उपभोक्ता समिति तथा बाल उदय माबि माडिचौरका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गंगामुक्ति पुन, बिद्यालयका प्रधानअध्यापक तथा शिक्षकहरु र विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

   

प्रतिक्रिया दिनुहोस्

Array