Ad image

दोस्रो निशान कप भलिबल प्रतियोगितामा रोल्पाको लालिगुरास प्रथम स्थान हासिल

मालश्री खबर
मालश्री खबर २० कार्तिक २०८०, सोमबार
1 Min Read
Aa

मालश्री खबर, कात्तिक २० गते रोल्पा ।
निशान युवा क्लब त्रिवेणी गाउँपालिका ४ रुकुम पश्चिमद्वारा आयोजित खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा दुवै तर्फको प्रथम स्थान रोल्पाको लालीगुराँस युवा क्लबले प्राप्त गरेको छ ।

कार्तिक १३ देखि १७ सम्म रुकुम त्रिवेणी गाँउपालिका ४ खारा खुम्चेरीमा आयोजित प्रतियोगितामा रोल्पा परिबर्तन गाँउपालिकामा रहेको लालीगुराँस युवा क्लब पुरुष भलिबल र महिला भलिबल दुबै तर्फ प्रथम स्थान हासिल गरेको छ । १६ टिम सहभागी खेलमा पुरुष भलिबल तर्फ रुघा रुकुम द्धितिय र तृतिय स्थान रुकुमको मुरु युवा क्लबले हासिल गरेको क्लबका अध्यक्ष लोक बहादुर बांठाले बताउनु भएको छ । यस्तै पुरुष भलिबलको सान्त्वना स्थान रुकुमे जिवाङ समुहले प्राप्त गरेको छ ।

यस्तै महिला भलिबल तर्फ द्धितिय दार्मा सल्यान, तृतिय मुरु रुकुम र सान्त्वनामा रुकुमको झुल्नेटाको टोेली भएको आयोजकले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

परिबर्तन गाँउपालिका वडा नं ३ इरिबाङमा रहेको लालीगुरास युवा क्लब रोल्पा जिल्लाको पुरानो र साविक राप्ती क्षेत्रको स्थापित र सक्रिय क्लब रुपमा परिचित रहदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्