Ad image

रोल्पाको सुनछहरी गाउँपालिकाले भूकम्प प्रभावितलाई २ लाख सहयोग गर्ने

मालश्री खबर
मालश्री खबर २० कार्तिक २०८०, सोमबार
1 Min Read
Aa

मालश्री खबर, कात्तिक २० गते रोल्पा ।

रोल्पाको सुनछहरी गाउँपालिकाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई सहयोग गर्ने भएको छ । गाउँपालिकाले यी जिल्लाहरूको लागि १–१ लाख रुपैयाँ सहयोग गर्ने बताइएको छ ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लाको लागि गाउँ कार्यपालिकाकोको आइतवार बसेको बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरिएको सुनछहरी गाउँपालिका अध्यक्ष धन बहादुर पुनले जानकारी दिनुभएको छ ।

कार्तिक १७ गते राति ११ः४७ बजेको समयमा जाजरकोट जिल्लाको रामिडाडाँ स्थानमा केन्द्रबिन्दु भएर गएको भूकम्पको कारण जाजरकोट र रुकुम पश्चिम आसपासको क्षेत्रमा धेरै मानवीय र भौतिक क्षति भएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array