Ad image

परिवर्तन गाउँपालिकाले दुई नगरपालिकालाई आर्थिक र राहत सहयोग गर्ने

मालश्री खबर
मालश्री खबर १९ कार्तिक २०८०, आईतवार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर, कार्तिक १९ रोल्पा

रोल्पाको परिवर्तन गाउँपालिकाले भुकम्प प्रभावित दुई नगरपालिकालाई आर्थिक र राहत सहयोग गर्ने भएको छ । आइतबार बसेको बैठकले दुई नगरपालिकालाई आर्थिक र राहत सहयोग गर्ने निर्णय गरेको हो ।

परिवर्तन गाउँपालिकाको स्थानीय विपद व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार कर्णाली प्रदेशको जाजरकोट जिल्लाको नलगाड नगरपालिका र रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिकालाई आर्थिक र राहत सहयोग गर्ने निर्णय गरिएको स्थानीय विपद व्यवस्थापन समितिका सदस्य सुर्य प्रकाश बुढा मगरले जानकारी दिनु भएको छ ।
कार्तिक १७ गते शुक्रबार राति ११ः४७ को समयमा जाजरकोट जिल्लाको रामीडाँडा केन्द्र बिन्दु बनाएर ६.४ म्याग्निच्युडको विनाशकारी भुकम्पले जाजरकोटको नलगाड नगरपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा अन्य ठाउँको भन्दा धेरै मानवीय र भौतिक क्षति भएकोले आपत विपत्तको समयमा सहयोग गर्ने भावनाका आफ्नो पालिकाले सक्दो सहयोग गर्ने परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले बताउनु भएको छ ।
विपत्त कतिबेला कुन समयमा आउछ त्यो कसैलाई थाहा नहुने र आफ्नो जिल्ला आफ्नो पालिकामा पनि आउन सक्ने भएकोले त्यसलाई मध्यनजर गर्दै, हामी यो जिल्लाको हामी त्यो प्रदेशको नभनी सहयोग गर्नुपर्ने बताउनु भएको छ– उनले भने । त्यस्तै आपत विपत्त र दुखको समयमा गरेको सहयोगले दुई पालिका बीचको सम्बन्ध प्रगाढ हुने परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम.ले बताउनु भएको छ ।

हामीसँग त्यति धेरै आर्थिक सहयोग नहोला तर कम भए पनि गाउँपालिकाको तर्फबाट सहयोग गर्ने छौँ–उनले भने।परिवर्तन गाउँपालिकाको लेखा शाखासँग छलफल गर्ने र परिवर्तन गाउँपालिकाको संञ्चित कोषबाट भूकम्प प्रभावित दुई नगरपालिकालाई आर्थिक सहयोग गर्ने पालिकाले बताएको छ । आपत विपत्तको समयमा जो जहाँ भए पनि सक्दो सहयोग गर्नुपर्छ भन्ने सहयोगी भावनाले दुई नगरपालिकालाई आर्थिक र राहत प्याकेजको रूपमा सहयोग गर्ने बताइएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array