Ad image

विपद व्यवस्थापन समिति परिवर्तन गाउँपालिकाको बैठक सम्पन्न

मालश्री खबर
मालश्री खबर १९ कार्तिक २०८०, आईतवार
2 Min Read
Aa

 सुर्य प्रकाश बुढा मगर,कार्तिक १९ रोल्पा। 

रोल्पाको परिवर्तन गाउँपालिकाको स्थानीय व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । आइतबार परिवर्तन गाउँपालिकाको आफ्नै सभाह्ल परिवर्तन गाउँपालिका ५ पुतलाचौरमा सम्पन्न भएको हो ।

बैठकमा विद्यालयको जोखिमको बारेमा निर्णय गर्ने सम्बन्ध,साउन २१ गते बसेको स्थानीय विपद व्यवस्थापन समितिको अनुसार वडा स्तरीय वडा विपद व्यवस्थापन समितिको रिपोर्टिङ र शुक्रबार राति ११.४७ बजेको समयमा जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु बनाएर ६.४ म्याग्निच्युतको आफ्नो पालिकामा पारेको असरका बारेमा रिपोर्टिङ सम्बन्ध र विविध सम्बन्धमा छलफल भएको स्थानीय विपद व्यवस्थापन समितिका सदस्य पत्रकार सुर्य प्रकाश बुढा मगरले जानकारी दिनु भएको छ।

परिवर्तन गाउँपालिकामा समग्र रूपमा हेर्दा कुनै मानवीय क्षति नभएको र भौतिक रूपमा घरहरु चर्किएको बताइएको छ।परिवर्तन गाउँपालिका २ राङ्सीमा दुई घरमा मानिस बस्न मिल्ने नगरी घर पूर्ण रूपमा क्षति भएको छ मोहनसिंह डाँगी र तिल्सरी घर्तीको घर रहेको बताइएको छ।त्यस्तै परिवर्तन गाउँपालिका १ को वडा कार्यालयको भवन, परिवर्तन गाउँपालिका ३ को केही व्यक्तिको सौचालय भत्किएको छ र परिवर्तन गाउँपालिका ४ को धेरै घरमा चर्किएको छ भने परिवर्तन गाउँपालिका २, ५ र ६ वडामा पनि धेरै घर चर्किएको बताइएको छ।

- Advertisement -
Ad image

स्थानीय विपद व्यवस्थापन समिति तथा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षतामा बसेको बैठकमा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी,परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि।एम,वडा अध्यक्षहरु,परिवर्तन गाउँपालिका १ का अध्यक्ष मैते बुढामगर, ३ का वडा अध्यक्ष खिम विक्रम चन्द, ५ का वडा अध्यक्ष दिलबहादुर वली, ६ का वडा अध्यक्ष भरत कुमार बुढा मगर, परिवर्तन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक घर्ती मगर, कार्यपालिकाका सदस्यहरु, थमे सुनार र उत्सिपा विक, वडा सदस्य जुनु कुमारी बुढा मगर, राजनीतिक दलका नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका सचीव कर्ण बुढा मगर, नेकपा एमाले परिवर्तन गाउँपालिकाका प्रतिनिधि तिल बहादुर पुन, अस्थायी प्रहरी पोष्ट पुतलाचौरका असाई किरण चौधरी, इलाका प्रहरी कार्यालय ओबाङका जवान विक्रम चन्द,नेपाल रेडक्रस सोसाइटी उपशाखा बागमाराका सभापति प्रवेश प्रसाद बुढा मगर र क्लबका प्रतिनिधि रबिन बुढा मगर लगायतको सहभागिता रहेको थियोे।बैठकको सञ्चालन परिवर्तन गाउँपालिका विपद व्यवस्थापन शाखा तथा स्थानीय विपद व्यवस्थापन समितिका सदस्य सचिव विकास विक्रम आलेले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

Array