Ad image

राप्रपा रोल्पाले कात्तिक २५ गते सुलिचौरमा गर्ने भनिएको आमसभा स्थगित

मालश्री खबर
मालश्री खबर १९ कार्तिक २०८०, आईतवार
1 Min Read
Aa

मालश्री खबर, कात्तिक १९ गते रोल्पा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी रोल्पाले कात्तिक २५ गते सुलिचौर गर्ने भनिएको बृहत आमसभा स्थगित भएको छ । कार्तिक १७ गते राति ११ः४७ बजेको समयमा जाजरकोट जिल्लाको रामिडाडाँ स्थानमा केन्द्रबिन्दु भएर गएको भुकम्पको कारण उक्त आमसभा स्थगित गरिएको बताइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी रोल्पाका अध्यक्ष अमर बहादुर थापाले कार्तिक २५ गते शनिबारका सुलिचौरका दिन सञ्चालन गर्ने भनिएको बृहत आमसभा, बिरोध सभा, लगाएतको कार्यक्रम पार्टीको केन्द्रिय कार्य समितिको आइतबार बसेको वैठकको निर्णय अनुसार कात्तिक मसान्तसम्म स्थगित गरिएको रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array