Ad image

रोल्पा उद्योग वाणिज्य संघद्वारा भूकम्प पीडितहरुको लागि राहत संकलन सुरु

मालश्री खबर
मालश्री खबर १९ कार्तिक २०८०, आईतवार
2 Min Read
Aa

मालश्री खबर, कार्तिक १९ रोल्पा रोल्पा

रोल्पा उद्योग वाणिज्य संघ रोल्पाले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितहरुको लागी राहत संकलन सुरु गरेको छ ।


कार्तिक १७ गते शुक्रबारका दिन राति ११ः४७ बजे गएको ६.४ रेक्टर स्केलको भूकम्प जाजरकोटको रामिडाँडा केन्द्र भएको गएको थियो । उक्त भुकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ठुलो संख्यामा मानविय क्षति एवं भौतिक क्षती पु¥याएको थियो ।

ति भूकम्प बाट पीडितहरुका लागी केही राहतका पुग्योस भने आफुहरुले रोल्पा जिल्लामा रहेका उद्योगी व्यावसायीहरु सँग राहत संकलन सुरु गरेको रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशब कुमार आचार्य रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

आज पहिलो दिन सुरु गरेको राहत संकलनमा लिबाङ बजार बाट रु ४८ हजार ७ सय ८० रुपैया र सुलिचौर बाट रु ७० हजार गरि जम्मा १ लाख १८ अजार ७ सय ८० रुपैया संकलन भएको अध्यक्ष आचार्यले बताउनु भएको छ ।

भोली जिल्ला भित्रका अन्य ठुला व्यापारीक केन्द्रहरु घर्तिगाँउ, बागमारा, होलेरी र सुर्पाल बजारमा आर्थिक संकलनको लागी अभियान संचालन गर्ने बताइएको छ ।

जिल्ला भएको सबै स्थानमा सञ्चालन गरिएको आर्थिक संकलन अभियान बाट उठेको रकमलाई जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितहरुले पाउने गरि प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्ने समेत रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशब कुमार आचार्यले बताउनु भएको छ ।

बिनासकारी भुकम्प बाट अहिले सम्म १५७ जनाको मृत्यु भएको छ भने २०२ जना घाइते भएका छन् । जाजरकोटका १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।

भूकम्पमा परी जाजरकोटमा १०५ जना, रूकुम पश्चिममा ८५ जना, दैलेखमा ३ जना, बैतडीमा ३ जना, जुम्लामा ५ जना, रोल्पामा १ गरी कुल २०२ जना घाइते भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array