Ad image

धाङसीखोलामा झोलुङ्गे पुलको उद्घाटन

मालश्री खबर
मालश्री खबर १७ कार्तिक २०८०, शुक्रबार
3 Min Read
Aa

मालश्री खबर, कार्तिक १७ गते रोल्पा

शुक्रबार धाङसीखोला झोलुङ्गेपुलकोे उद्घाटन गरिएको छ । रोल्पा नगरपालिका वडा नम्बर २ मा पर्ने यस झोलुङ्गेपुलको उदघाटन भएपछि वडा नम्बर २, ४, ९ र १० का नागरिकहरुलाई आवत जावतमा सहजहुने भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख सिता आर्चायको प्रमुख आतिथ्यतामा रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तीको विशेष आतिथ्यतामा नगर उपप्रमुख गिता आर्चाय, रोल्पा नगरपालिका ९ नम्बर वडा अध्यक्ष मिमबहादुर घर्तीमगर, ४ नम्बर वडा अध्यक्ष मित्रलाल गुरुङ, २ नम्बर वडा अध्यक्ष प्रकास डाँगी, नगरपालिकाका योेजना शाखा प्रमुख सुशिल थापा, लेखा शाखाका बेदुराम आर्चाय, प्राविधिक शाखाका हरीबहादुर कँवर, प्रेस संयोजक देवी गुरुङ, डिकोस अन्र्तगतको झोलुँगे पुल सहयोग कार्यक्रम नेपालगन्जका प्राविधिकहरु श्रीधर भण्डारी, तिलकराम वली, बिक्रम थापामगर, पारिजात आमा समुहका अध्यक्ष गिता डाँगी, जग्गादाता केसब डाँगी, उपभोक्ता समितिका दिलबहादुर गुरुङ स्थानीयबासी, उपभोक्ताहरुको उपस्थितिमा झोलुँगेपुलको उदघाटन साथै सार्वजनिक लेखा परिक्षण समेत गरिएको छ ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष होमलाल डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन डिकोस रोल्पाका कमान बाठाँमगरले गर्नुभएको थियो भने स्वागत मनतब्य उपभोक्ता समितिका कोषाध्यक्ष गौमाया केसीले दिनुभएको थियो । सार्वजनिक लेखापरिक्षणको आयव्यय विलाल केसीले प्रस्तुत गर्नुभएको थियो ।

- Advertisement -
Ad image

रोल्पा नगरपालिका वडा नम्बर २ को साङलेबारी र माडुलाधाराको बिचमा पर्ने ९८ मिटर लामो पुलको लागत ५४ लाख ६ हजार दुईसय पचपन्न रुपैंयामा निर्माण भएको छ । यसको लगानी समुदायबाट १ लाख १४ हजार ३ सय ९५ रुपैंया, रोल्पा नगरपालिकाबाट ७ लाख २ हजार ८ सय १३ र बाँकी अनुदान झोलुङ्गेपुल निर्माण केन्द्रीय अनुदान स्वापबाट ४१ लाख ४७ हजार ३ सय ७३, मेट्रियल ग्राण्ड ४ लाख ४७ हजार ९ सय ४३ रहेको छ । विकास सरोकार समाज डिकोस मार्फत सञ्चालित झोलुँगे पुल निर्माण कार्यक्रम अन्र्तगत यो झोलुङ्गेपुल निर्माण भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख सिता आर्चाय, नगर प्रमुख सुरेन्द्र थापा घर्ती, उपप्रमुख गिता आर्चाय, २ नम्बर वडा अध्यक्ष प्रकास डाँगी, जग्गा दाता केसब डाँगी, प्राविधिक श्रीधर भण्डारी लगायतले बोल्नुभएको थियो । पुल निर्माणले स्थानीय बिद्यार्थीहरुलाई बिद्यालय वारपार गर्न, जंगलमा दाउरा, घाँस काटनेहरुका लागि र ओल्लो गाउँबाट पल्लो गाउँमा विभिन्न कामकाजका लागी पुग्नेहरुलाई भने ठुलो राहत पुगेको स्थानीयले बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस्

Array