शहिद स्मृति युवा क्लब राङ्सीको १३ औं वार्षिकोत्सव समापन

मालश्री खबर
मालश्री खबर १७ कार्तिक २०८०, शुक्रबार
2 Min Read
Aa

सुरेन्द्र वलि/
मालश्री खबर, कात्तिक १७ गत्ते रोल्पा

परिवर्तन गाउँपालिका वडा न. २ राङ्सीमा रहेको शहिद स्मृति युवा क्लबको १३ औं वार्षिकोत्सब पाँचपुन्नी मेला तथा विविध खेलकुद कार्यक्रमको समापन्न भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ शहिद स्मृति युवा क्लबका अध्यक्ष झक्कु प्रसाद घर्तीको अध्यक्षमा भएको समपन्न कार्यक्रममा प्रमुख अतिथि परिवर्तन गाउँपालिका २ राङ्सिका वडा अध्यक्ष तथा परिवर्तन गाउँपालिका प्रबक्ता हरिप्रसाद बुढा मगर रहनु भएको थियोे भने विशिष्ट अतिथीमा श्री जन सेवा नमुना माध्यामिक विद्यालयका प्रधानाअध्यापक. भिमप्रकाश पुन मगर रहनु भएको थियोे ।

अन्य अतिथिमा वडाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, बुद्धिजीवी, व्यापारी, विभिन्न झाँकि समूहको उपस्थित रहेको थियोे ।

मेला ११ गते उत्घातन भयर १७ गत्ते विभिद कार्यक्रमका विच समापन्न भयको हो । जस्मा पुरुष भलिबल तर्फ प्रथम माडी गाउँपालिका ५ ब्राहपुजे भाबाङ द्वितिय परिवर्तन गाउँपालिका २ भलाका राङ्सी तृतीय माडी गाउँपालिका ५ रेड स्तार युवा समूह भाबाङ सान्तोना माडी गाउँपालिका ३ तालाबाङ भयका छ्न ।

महिला भलिबल तर्फ प्रथम युनिटी युवा क्लब परिवर्तन गाउँपालिका १ कुरेली द्वितिय रोल्पा नगरपालिका ७ घापा कोर्चबाङ तृतीय परिवर्तन गाउँपालिका १ खोलाबाङ कुरेली सान्तोना परिवर्तन गाउँपालिका ५ राङ्कोत भयका छन । सहिद स्मृति युवा क्लब परिवर्तन गाउँपालिका २ राङ्सी रोल्पाको १३ औ वार्षिकोत्सव मा पुरुष भलिबल महिला भलिबल व्याडमिन्तन पैसारु नाच लोकदोहोरी साइलाबरै एकलनृत्य आमासमूह नाच महिला रस्साकस्सी पुरुष रस्साकस्सी हाजिरिजवाफ खुला सामुहिकनृत्य लगायतका प्रतियोगिताहरु आयोजना गरियको थियो ।

प्रतिक्रिया दिनुहोस्