Ad image

सुनिलस्मृति गाउँपालिकाले न्यायिक समितिको जिल्ला सम्मेलन गर्दै

मालश्री खबर
मालश्री खबर १७ कार्तिक २०८०, शुक्रबार
1 Min Read
Aa

भरत विश्वकर्मा, कात्तिक १७ गते सुलिचौर रोल्पा ।

सुनिलस्मृति गाउँपालिकाको न्यायिक समितिले जिल्ला सम्मेलन गर्ने भएको छ । गाउँपालिकाको न्यायिक समितिले आगामी मंसिर १५ गते भित्र जिल्ला सम्मेलन गर्ने तयारी गरेको बताएको छ ।

सुनिलस्मृति गाउँपालिका न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष मिना थापाको अध्यक्षतामा शुक्रवार बसेको बैठकले न्यायिक समितिको जिल्ला सम्मेलन आगामी मंसिर १५ गते भित्र सम्पन्न गर्ने निर्णय गरेको न्यायिक समितिले जानकारी दिएको छ ।

बैठकबाट न्यायिक समितिको कामलाई छिटोछरितो बनाउनको लागि न्यायिक समितिमा दर्ता भएका निवेदन उपर हरेक हप्ताको बिहिवार इजलास वस्ने निर्णय गरिएको साथै मेलमिलाप केन्द्र सञ्चालनको लागि कानुनको आवश्यक पर्ने देखिएको हुँदा तत्काल मेलमिलाप केन्द्र सञ्चालन कार्यविधिको मस्यौदा तयार गरी कानुन मस्यौदा समितिमा पेस गर्ने निर्णय गरिएको न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष मिना थापाले जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

न्यायिक समितिको काम कारबाही चुस्त दुरुस्त र व्यवस्थित गर्नको लागि एक जना उजुरी अभिलेख प्रशासक तोकि दिन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिने निर्णय गरिएको समेत जानकारी दिइएको छ ।

उक्त सम्मेलनमा जिल्ला न्यायधिस सहित रोल्पाका सबै स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरूलाई आमन्त्रण गराइने न्यायिक समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array