Ad image

युवा संगठन नेपाल परिवर्तन गाउँ कमिटीको सम्मेलन सम्पन्न

मालश्री खबर
मालश्री खबर १६ कार्तिक २०८०, बिहीबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढामगर/मालश्री खबर, कार्तिक १६ गते रोल्पा

युवा संगठन नेपाल परिवर्तन गाउँ कमिटी रोल्पाको सम्मेलन बिहीबार परिवर्तन गाउँपालिकामा सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन,युवा संगठन नेपाल परिवर्तन गाउँ कमिटीको दोस्रो सम्मेलन परिवर्तन गाउँपालिका वडा न.५ पुतलाचौरमा सम्पन्न भएको हो ।

- Advertisement -
Ad image

युवा संगठन नेपाल परिवर्तन गाउँ कमिटी रोल्पाका बल प्रसाद बुढा सीको अध्यक्षता भएको कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा पश्चिम रोल्पा जिल्ला इन्चार्ज सम्झना घर्ती (असीना) सीको प्रमुख आतिथ्यता रहेको थियो ।

युवा संगठन नेपालका केन्द्रिय सचीव धन बहादुर थापा (विश्लेषण) सीको विशिष्ट आतिथ्यता रहेको थियो । केन्द्रिय प्रतिनिधि सदस्य लालबहादुर ओली (विश्व)सि र रोल्पा जिल्ला पश्चिम रोल्पाका सेक्रेटरी कुशल ओली (सन्दीप) सि लगायतका अन्य अतिथीहरुको आतिथ्यता रहेको नेकपा परिवर्तन गाउँ कमिटीका इन्चार्ज पृथ्वी डाँगी सि ले जानकारी दिनु भएको छ।सम्मेलनको प्रमुख अतिथी नेकपा केन्द्रिय सदस्य तथा पश्चिम रोल्पा इन्चार्ज सम्झना घर्ती(असिना) सिले अहिलेको यो दलाल पुँजी व्यवस्थाले गर्दा धेरै समस्या आएको र त्यसको समाधानका लागि वैज्ञानिक समाजवादबाट मात्र सम्भव भएको बताउनु भएको छ ।

भेलाको दोस्रो सम्मेलनबाट निर्माण बुढा सीको अध्यक्षतामा २५ सदस्यीय नयाँ युवा संगठन नेपाल परिवर्तन गाउँ कमिटी निर्माण गरिएको नेकपा परिवर्तन गाउँ कमिटीका सेक्रेटरी हिरालाल खड्का सीले जानकारी दिनुभएको छ ।

संगठनको उपाध्यक्ष सुरज बुढा, सचिव तिलक केसी, सह–सचिव यमुना घर्ती मगर, कोषाध्यक्ष दिनेश वली, सदस्यहरु अनुपम बुढा, विवश बुढा, भुपेन्द्र थापा इमेज थापा, देवराज विक, लालबहादुर घर्ती, रेशम थापा, भिम रिजाल, निराजन रोका, गणेश विक, मेकेन्द्र डाँगी, मदन बुढा मगर, महेन्द्र पुन मगर, अनिश घर्ती शर्मिला बुढा मगर, उर्मिला घर्ती, समशेर केसी, शक्तिराम सि, भरत डाँगी, मिलन बुढा र गणेश डाँगी लगायत रहेको बताइएको छ ।

युवा संगठन नेपाल परिवर्तन गाउँ कमिटीका निखिल वली सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन विकास खड्का सीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array