Ad image

युवा संगठन नेपाल माडी गाउँ कमिटी रोल्पाको बैठक घर्तिगाउँमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १५ कार्तिक २०८०, बुधबार
2 Min Read
Aa

मालश्री खबर, कार्तिक १५ गते रोल्पा

युवा संगठन नेपाल माडी गाउँ कमिटी रोल्पाको बैठक आज घर्तिगाउँमा सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन, युवा संगठन नेपाल माडी गाउँ कमिटीको दोस्रो बैठक माडी गाउँपालिका २ घर्तिगाउँमा सम्पन्न भएको हो ।

युवा संगठन नेपाल माडी गाउँ कमिटी रोल्पाका चन्द्र सिंङ सी को अध्यक्षता भएको कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा पश्चमी रोल्पा जिल्ला इन्चार्ज असीना सी को प्रमुख आतिथ्यता रहेको थियो ।

- Advertisement -
Ad image

कार्यक्रमका प्रमुख अतिथि असिना सी ले नेपाली जनताको समस्याको सभाधान र देशको अमुल परिवर्तन नेपाल कम्युनिष्ट पार्टीले मात्र गर्न सक्ने र युवाको अझ ठुलो जिम्मेवारी रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा केन्द्रिय प्रतिनिधी सदस्य विश्व सी, युवा संगठन नेपालका केन्द्रिय सचिव विश्लेसन सी, नेकपा रोल्पा जिल्ला न्याय विभागका संयोजक दिनेश सी, पश्चमी रोल्पाका सेक्रेटरी सन्दिप सी, युवा संगठन नेपाल रोल्पा जिल्ला अध्यक्ष असल सी, अखिल नेपाल शिक्षक संगठन जिल्ला कमिटी सदस्य लक्षमण खड्का, लगायतको कार्यक्रमामा आतिथ्यता रहेको थियो ।

भेलाले सिजल सी को अध्यक्षतामा १९ सदस्यीय युवा संगठन नेपाल माडी गाउँ कमिटी रोल्पा गठन गरिएको छ । उपाध्यक्षमा विशाल सी, सचिव खुम सी, सहसचिव दिलमायाँ सी, कोषध्यक्ष रामबहादुर सी चयन हुनुभएको युवा संगठन नेपाल माडी गाउँ कमिटी रोल्पाले मालश्री खबरलाई जानकारी दिएको छ ।

मन सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन खुम सीले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्