Ad image

सुनछहरी गाउँपालिकाको थनबाङमा सामुदायिक होमस्टे गठन

मालश्री खबर
मालश्री खबर १५ कार्तिक २०८०, बुधबार
2 Min Read
Aa

जुनिस कुमार विष्ट, कात्तिक १५ गते रोल्पा ।

सुनछहरी गाउँपालिका ५ थनबाङमा बजुधुरी सामुदायिक होमस्टे (घरबास) गठन गरिएको छ।लुम्बिनी प्रदेश स्तरीय होमस्टे महासंघका उपाध्यक्ष तथा रोल्पा रुकुमका पर्यटन अभियन्ता पृथ्वी पुनमगर (बाल्कुराम)को बिशेश उपस्थितिमा जुनिस कुमार बिष्टको अध्यक्षतामा ७ सदस्यीय बजुधुरी सामुदायिक होमस्टे गठन गरिएको छ ।

सुनछहरी गाउँपालिकामा नवगठित होमस्टे चौथो रहेको छ।गाउँपालिकामा पर्यटन प्रवर्द्धन तथा गेमी होमस्टे प्रथम दोस्रो बिबाङ दह कोठिभिर सामुदायिक होमस्टे सुनछहरी गाउँपालिका २ भित्रीगाम,तेस्रो लाङरी सामुदायिक होमस्टे सुनछहरी गाउँपालिका ४ स्युरी रहेको छ।

नवगठित होमस्टेको सचिवमा सुस्मिता बिष्ट,कोषाध्यक्ष मनकला खत्री बिष्ट,सदस्यहरु जिते बितालु,आस्पती बिष्ट,मनि बिष्ट र गनमाया बिष्टलाई चयन गरिएको छ ।

- Advertisement -
Ad image

होमस्टे महासंघका उपाध्यक्ष बाल्कुरामले बजुधुरीको काखमा रहेको थनबाङबाट बिहानीपख सुर्योदयलाई मज्जाले नियाल्न्दै गाउँको आर्गानिक खाना खाने र बजुधुरी पुगेर विभिन्न हिमशृङ्खला नियाल्न सकिने भएको र यस गाउँबाट हिडेर सुनफुली हुँदै जलजला जान नजिक पर्ने भएकोले पर्यटनको अथाह सम्भावना बोकेको गाउँ भएकोले होमस्टे आवश्यक रहेको बताउनुभयो।

साथै पर्यटन सम्बन्धी गतिविधि रोल्पा र रुकुममा रहेर आफुले गतिविधि गरिरहेकोले गाउँ गाउँमा रहेर होमस्टे मार्फत पर्यटकलाई स्वागत गर्दै पर्यटन गतिविधिम सक्रिय रहन नवगठित होमस्टे पदाधिकारीहरुलाई आग्रह समेत गर्नुभएको छ।

थनबाङ गाउँ एउटा इतिहास बोकेको गाउँ र थनबाङ गाउँ नजिकै तामा खानी गाउँमा प्राचीन इतिहास बोकेको बिष्ट कुल मन्दिर लगाएत गाउँको सिरानमा रिजाधुरी,बजुधुरी जहाँबाट सुनछहरी गाउँपालिकाको सबै वडाहरु निल्यान सकिनुको साथै बजुधुरीमा पोबाङ गाउँ र थनबाङ गाउँमा बस्ती बसे सङ्गै बजु देवताको पूजापाठ गरिदै आएकोले पनि बजुधुरीमा पर्यटकीय तथा धार्मिक सम्भावना बोकेको स्थल लगाएत गाउँवरिपरिको वन जङ्गलले पनि पर्यटकीय सम्भावना बोकेको छ।

प्रतिक्रिया दिनुहोस्

Array