Ad image

सुनिलस्मृति गाउँपालिकाले वडाबाटै योजना सम्झौता तथा खाता सञ्चालन गर्दै

मालश्री खबर
मालश्री खबर १५ कार्तिक २०८०, बुधबार
2 Min Read
Aa

भरत विश्वकर्मा, कात्तिक १५ गते सुलिचौर रोल्पा ।

सुनिलस्मृति गाउँपालिकाले उपभोक्ता समितिमार्फत सञ्चालन गरिने योजना कार्यान्वयनका लागि योजना सञ्चालन सम्बन्धी अभिमुखिकरण सहित योजना सम्झौता तथा खाता सञ्चालन पनि वडा स्तरबाटै गर्न लागेको छ ।

गाउँपालिकाले यस वर्षदेखि योजना सम्झौता तथा खाता सञ्चालन कार्यलाई पनि वडा स्तरबाटै सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।

चालु आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अन्तरगत उपभोक्ता समितिमार्फत सञ्चालन गरिने योजना कार्यान्वयनका लागि वडामा गठन भएका उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सञ्चालन सम्बन्धी अभिमुखिकरण, योजना सम्झौता तथा खाता सञ्चालन सम्बन्धी कार्यक्रम वडा स्तरबाट गर्नको लागि सबै वडा कार्यालयहरुलाई आबश्यक व्यवस्था मिलाउन गाउँपालिकाले अनुरोध गरेको योजना शाखा प्रमुख रनबिर बुढाले जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

योजना कार्यान्वयनका लागि वडामा गठन भएका उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सञ्चालन सम्बन्धी अभिमुखिकरण, योजना सम्झौता तथा खाता सञ्चालन कार्य कार्तिक २१ गते वडा नं. ६ को कार्यालय गजुल, कार्तिक २२ गते वडा नं. २ को वडा कार्यालय खुंग्री, कार्तिक २३ गते वडा नं. ८ को वडा कार्यालय अरेशमा गरिने सुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले जानकारी दिनुभएको छ ।

साथै मंसिर १७ गते वडा नं. १ को वडा कार्यालय घोडागाउँ, मंसिर १८ गते वडा नं. ३ को वडा कार्यालय मिझिङ, मंसिर १९ गते वडा नं. ४ को वडा कार्यालय सूलीचौर, मंसिर २० गते वडा नं. ५ को वडा कार्यालय काभ्रा र मंसिर २१ गते गते वडा नं. ७ को वडा कार्यालय तेबाङमा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array