Ad image

विद्युत महसुल नतिरेका ग्राहकहरूको लाइन काट्दै रोल्पा वितरण केन्द्र

मालश्री खबर
मालश्री खबर १५ कार्तिक २०८०, बुधबार
2 Min Read
Aa

मालश्री खबर, कात्तिक १४ गते रोल्पा ।

नेपाल बिद्युत प्राधिकरण रोल्पाले विद्युत महसुल नतिर्ने ग्राहकहरूको लाइन काट्ने अभियान सुरु गरेको छ ।

नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयको निर्देशन अनुसार रोल्पा वितरण केन्द्रले पनि त्यस्ता महसुल नतिर्ने ग्राहकहरूको लाईन काट्ने अभियान सोमवारदेखि सुरु गरेको बताइएको छ ।

विद्युत प्राधिकरण रोल्पाले कात्तिक १३ गते सोमवार ३ लाख ७३ हजार ७१.९० रुपैयाँ बुझाउन बाकीँ रहेका १८ जना ग्राहकहरूको लाइन काटेको र महसुल बुझाएका ४ जनाको जोड्ने गरेको नेपाल विद्युत प्राद्यिकरण रोल्पाका कार्यालय प्रमुख अशेश्वर साहले जानकारी दिनुभयो ।

- Advertisement -
Ad image

त्यस्तै मंगलबार पनि रु. २ लाख ६३ हजार ७ सय ५७.६४ रुपैयाँ विद्युत महसुल बुझाउन बाकीँ रहेका ४६ जना ग्राहकहरूको लाइन काटिएको बताइएको छ । साथै सोही दिन विद्युत महसुल बुझाएपछि १३ जनाको जोड्ने गरेको बताइएको छ ।

विद्युत महसुल नतिरेका ग्राहकहरुलाई समयमै बाकीँ बक्यौँता भुक्तानी गरी जरिबाना बाट बच्न समेत कार्यालय प्रमुख साहले सबैलाई आग्रह गर्नुभएको छ ।

विद्युत महसुल नतिरेको ६० दिन भन्दा बढी समय भएका ग्राहकहरूको लाइन काट्ने अभियानकै रुपमा रोल्पा वितरण केन्द्रले सञ्चालन गरेको छ । यो अभियान केही दिन सम्म निरन्तर रहने नेपाल विद्युत प्राधिकरण रोल्पाले जानकारी दिएको छ ।

साथै विद्युत लाईन ६ महिना बढी समयदेखि काटिएको र बक्यौता भुक्तानी नभएका ग्राहकहरूको नाम कालोसूचीमा समावेश गरिने समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array