Ad image

सुनिलस्मृति गाउँपालिकाद्वारा प्लास्टिक मालाको बिक्रि बितरण नगर्न आग्रह

मालश्री खबर
मालश्री खबर १४ कार्तिक २०८०, मंगलवार
1 Min Read
Aa

भरत विश्वकर्मा, कात्तिक १४ गते रोल्पा ।

रोल्पाको सुनिलस्मृति गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र प्लास्टिकको मालाको बिक्री वितरण नगर्न व्यावसायीहरुलाई आग्रह गरेको छ ।

पूर्वी रोल्पाको मुख्य व्यापारिक केन्द्र समेत रहेको उक्त गाउँपालिकाले आज (मंगलबार) एक सूचना सार्वजनिक गर्दै चाडपर्वमा प्लास्टिकको माला प्रयोग तथा बिक्री वितरण नगर्न आग्रह गरेको हो ।

गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीद्वारा हस्ताक्षरित सूचनामा प्लास्टिकजन्य सामाग्रीको प्रयोगलाई निरुत्साहित गरी स्थानीय स्तरको पुष्प खेती प्रवर्धन गर्ने हेतुले प्लास्टिक मालाको प्रयोग तथा बिक्री नगर्न अनुरोध गरिएको उल्लेख गरिएको छ ।

- Advertisement -
Ad image

साथै गाउँपालिका क्षेत्रभित्र व्यवसाय सञ्चालन गरेका व्यवसायीहरूलाई प्लास्टिक फूलको बिक्री वितरण नगरी स्थानीय रूपमा उत्पादीत फूलहरूको बजारिकरणमा सहयोग गरि दिन समेत उक्त सूचनामा आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array