Ad image

प्रदेश सभा सदस्य महराद्वारा नव सिर्जनशील युवा समुहको वार्षिक उत्सव उद्वघाटन हुने

मालश्री खबर
मालश्री खबर १३ कार्तिक २०८०, सोमबार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक १३ गते रोल्पा ।

नव सिर्जनशील युवा समुह सुनछहरी गाउँपालिका ५ थनबाङ रोल्पाको १० औं वार्षिकोत्सब भोलि लुम्बिनी प्रदेश सभा सदस्य माननीय जोखबहादुर महराले उद्घाटन गर्नुहुने भएको छ ।

समुहका अध्यक्ष गोबिन्दराज बिष्टका अनुसार भोलि बिहान ११ बजे समुहको खेलमैदान थनबाङमा लुम्बिनी प्रदेश सभा सदस्य जोखबहादुर महराक प्रमुख आतिथ्यता रहनेछ भने सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुन र निवर्तमान अध्यक्ष आशबहादुर पुनको बिशेष आतिथ्यता रहने अध्यक्ष बिष्टले जानकारी दिनुभएको छ ।

समुहको १० औं वार्षिकोत्सबमा खुला महिला पुरुष भलिबल, खुला ब्याटमिन्टन, सामुहिक नृत्य,एकल नृत्य,महिला पुरुष साहिला भाका, हाजिरी जवाफ, लोकदोहोरी, कुर्सी दौडलगाएत खेलहरु आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array