Ad image

नेपाल सांस्कृतिक महासंघ रोल्पाको बैठक सम्पन्न

मालश्री खबर
मालश्री खबर १२ कार्तिक २०८०, आईतवार
1 Min Read
Aa

मालश्री खबर, कात्तिक १२ गते रोल्पा ।

नेपाल सांस्कृतिक महासंघ रोल्पाको शनिवार बैठक बसेको छ । महासंघको शनिबारको वैठकबाट रिक्त रहेको पदमा कार्यसमिति मनोनित गरिएको साथै महत्वपुर्ण निर्णय गरिएको महासंघले बताएको छ ।

  

नेपाल साँस्कृतिक महासंघ रोल्पाका नवनिर्वाचित सभापति सागर पुनको अध्यक्षतामा बसेको वैठकले महासंघको तेस्रो जिल्ला अधिवेशनको समिक्षा गर्नुका साथै आगामी कार्ययोजनाको बारेमा महत्वपुर्ण छलफल गरिएको बताइएको छ ।

- Advertisement -
Ad image

बैठकबाट सल्लाहकार सदस्यमा नेपाल तरुणदलकी केन्द्रीय सदस्य लालकुमारी वलि लाई मोनिनित गरेको बताइएको छ । त्यस्तै रिक्त रहेको उपाध्यक्ष पदमा सागर थापा, सचिब पदमा रमेश परियार , कोषाध्यक्षमा पबित्रा बिश्वकर्मा, सदस्यमा बिनोद कुमार बुढा मगर, पबित्रा पुन मगर कवर, तारा पुन मगर, भावना हमाल लाई मनोनीत गरेको नेपाल सांस्कृतिक महासंघ रोल्पाका सभापति सागर पुनले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array