Ad image

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिद्वारा सुलिचौरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर ११ कार्तिक २०८०, शनिबार
2 Min Read
Aa

भरत विश्वकर्मा, कार्तिक ११ गते सुलिचौर रोल्पा ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सुलिचौरमा सम्पन्न भएको छ ।

नेपाली कांग्रेस प्रदेश सभा (क) रोल्पाद्वारा विजया दशमी, शुभ दीपावली, छ्ठपर्व र नेपाल संवत् ११४४ को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली कांग्रेस क्षेत्रीय सभापति दुर्गा बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस रोल्पाका पूर्व पार्टी सभापति कृष्ण बहादुर घर्तीको प्रमुख आतिथ्ययता रहेको थियो भने विशिष्ट अतिथिको रूपमा नेपाली कांग्रेस रोल्पाका सचिव शेर बहादुर थापा रहनु भएको थियोे ।

- Advertisement -
Ad image

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस रोल्पाका पुर्व पार्टी सभापति कृष्ण बहादुर घर्तीले राजनीतिमा परिपक्वता हुनुपर्ने बताउनु भयो । परिपक्वता बिनाको राजनीति राजनीति जस्तो नहुने बताउदै राजनीतिमा ईमानदारीता पनि हुनुपर्ने बताउनु भयो । पदीय हैसिएतको आधारमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउदै एउटा मान्छे धेरै पदमा रहदा पदिय जिम्मेवारी निर्वाह नभएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपाली कांग्रेस रोल्पाका सचिव शेर बहादुर थापाले पार्टीले जनतालाई विश्वास दिलाउन नसकेको बताउदै अब पार्टी जनतालाई विश्वास दिलाउन तर्फ लाग्नुपर्ने बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रोल्पाका सह–सचीव गञ्ज क्षेत्रीले प्रदेशमा काङ्ग्रेसकै सरकार भएपनी रोल्पाली कांग्रेसलाई सरकार भएको महशुस नभएको बताउनु भयो । पार्टी भित्रको गुटबन्दीले गर्दा पनि धेरै समस्या भएको बताउनु भयो ।

नेपाली कांग्रेस प्रदेश सभा (क) का क्षेत्रीय सभापति दुर्गा बहादुर खड्काले नेपाली कांग्रेसले आफ्नो संगठनलाई बलियो बनाउनको लागि अघि बढेको बताउनु भयो । उहाँले पार्टी सबै क्षेत्रमा सक्रिय रहनुपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका जिल्ला कार्यसमितिका पदाधिकारीहरू, क्षेत्रीय कार्यसमितिका पदाधिकारी, रोल्पा प्रदेश सभा (क) मा रहेको ३५ वटै वडाबाट प्रतिनिधि, नेपाली कांग्रेस रोल्पाका भात्री तथा शुभेच्छुक संघका प्रमुख, प्रतिनिधि लगाएको सहभागीता रहेको थियो ।

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस प्रदेश सभा (क) रोल्पाका क्षेत्रीय सचिव सुरेश पुनले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array