भरत विश्वकर्मा, कात्तिक १० गते सुलिचौर रोल्पा ।
नव जागरण युवा क्लबको ५ औँ वार्षिकोत्सवको आज शुक्रवार एक कार्यक्रमको बिच उद्घाटन गरिएको छ । सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ छिर्नेमा अवस्थित उक्त क्लबको ५ औँ वार्षिकोत्सव उद्घाटन गरिएको उक्त क्लबले बताएको छ ।
कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष दान दानबहादुर महरा रहनुभएको थियो ।
कार्यक्रमको उद्घाटन सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष मिना थापाको प्रमुख आतिथ्ययता, नेपाली काँग्रेस रोल्पाका सह–सचिव गञ्ज क्षेत्रीको विशिष्ट आतिथ्ययतामा भएको थियो ।
कार्यक्रममा बोल्दै सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष मिना थापाले क्लबलाई कानुनी रूपमा बलियो बनाएर सञ्चालन गर्न आग्रह गर्नुभयो । क्लबलाई दर्ताको प्रक्रियाबाट सञ्चालन गर्दा गाउँपालिकाले क्लबहरूको लागि बजेट विनियोजन गर्दा पनि सहज हुने भएकोले चाडै दर्ता पक्रियामा गइ सञ्चालन गर्न सुझाब दिनुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले क्लब तथा समुहहरू समाज परिवर्तन गर्नमा लाग्नुपर्ने बताउनुभयो । समाजमा रहेका विभिन्न प्रकारका विकृति तथा विसंगतिहरूलाई हटाउनको लागि क्लब तथा समूहहरूले अग्रणी भूमिका खेल्नुपर्नेमा उहाँको भनाई रहको थियो ।
त्यस्तै क्लबका अध्यक्ष दानबहादुर महराले क्लबलाई दर्ता गरि सञ्चालन गर्नको लागि प्रक्रिया अघि बढाएको बताउनुभयो । क्लबलाई चाडै कानुनी रूपमा बलियो बनाई काम गर्ने उहाँले बताउनुभएको थियो ।
क्लबको वार्षिकोत्सव उद्घाटन कार्यक्रममा सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ओविलाल वस्नेत, वडा सदस्य पुर्ण सुनार, रेडियो मालश्रीका पत्रकार भरत विश्वकर्मा, विभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधि, विभिन्न क्लका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्