Ad image

आगलागी पिडित परिवारलाई वडा कार्यालयद्वारा सामग्री हस्तान्तरण

मालश्री खबर
मालश्री खबर १० कार्तिक २०८०, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक १० गते रोल्पा, लिबाङ

परिवर्तन गाउँपालिका २ ले आगलागी पिडित घर परिवारलाई खाद्यान्न तथा भाडावर्तनका सामग्री सहयोग गरेको छ । परिवर्तन गाउँपालिका वडा न. २ को जनसेवा टोल, चैबाङमा कार्तिक ७ गते विजया दशमीको दिन दल बहादुर बाठाको घरमा आगलागी भएको थियो । विद्युतको तार सट भएर भएको आगलागीबाट घर पुर्ण रुपमा क्षती भएको थियो ।
वडा न. २ को वडा कार्यालयले पिडित घर परिवारलाई राहत होस भन्ने उद्दश्यले २५ किलो चामल ,९ पोको तेल, ४ किलो नुन, ५ लिटरको प्रेसर कुकर, ६ वटा थालि, ६ वटा गिलास, डाडु, पन्यु, गाग्री, बाल्ति लगायतका दैनिक प्रयोग हुने सामानहरु प्रदान गरेको छ । नगद रु १० दस हजार बराबरको सामात हस्तान्तरण गरियको २ नम्बर वडा राङ्सीका वडा अध्यक्ष हरिप्रसाद बुढा मगरले मालश्री खबरलाई जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array