Ad image

‘जनता संग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तरक्रिया कार्यक्रम सुलिचौरमा सम्पन्न

मालश्री खबर
मालश्री खबर ९ कार्तिक २०८०, बिहीबार
5 Min Read
Aa

भरत नेपाली
मालश्री खबर, कार्तिक ९ गते रोल्पा ।

जनता संग माओवादी विशेष रुपान्तर अभियान अन्तरगत सुनिलस्मृती गाउँपालिका संगठन समितिको आयोजनामा वृहत् समिक्षा तथा अन्तरक्रिया कार्यक्रम आज सुलिचौरमा सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथी नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य जोख बहादुर महाराले कोसि प्रदेशमा मुख्यमन्त्री बनाउदा काङ्ग्रेस भित्रको आन्तरिक द्वन्द्वको कारण एमाले पनि सरकारमा आएको बताउदै ठुला पार्टीहरुके जसरी भए पनि माओवादी लाई पाखा लगाउन लागेको बताउनु भयो ।

पछिल्लो समय लुम्बिनी प्रदेशमा किन सरकार भएन भन्दै गर्दा हाम्रो पार्टी बाट मन्त्री बनाउनको जेठ महिना मै दुइ जनाको नाम सिफारिस गरि सकेको अबको केही दिनमा हाम्रो पार्टी ले सिफारिस गरेका नै मन्त्री हुने बताउनु भयो । महराले केही दिन मै लुम्बिनीमा सरकारले पुर्णता पाए पछि लुम्बिनी प्रदेशको समग्र बिकासको लागि मुख्यमन्त्री संग दैनिक जसो आफुले छलफल गरि रहेको बताउदै जनताले अनुभुती हुने गरि विकास गर्न आफू लागि रहेको बताउनु भयो ।

- Advertisement -
Ad image

त्यस्तै महराले रोल्पामा कम्युनिस्टहरु २०४८ साल देखि सत्तामा भै रहेकोले अन्य पार्टीहरुले रोल्पामा आँखा लगाउन लागेको बताउनु भएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको महराले जनमत र जनसमर्थनमा माओवादी कमजोर देखिए पनि माओवादी केन्द्रको हाल ७ लाख पार्टी सदस्य रहेकोले हाम्रो पार्टी सानो र कमजोरी नभएको जिकिर गर्नु भयो ।

रोल्पामा पन्चायतको समय देखि जनताको विरुद्ध बोल्ने र जनताहरुलाइ दुख दिने!हरुलाइ जनताले गाउँ बाट लखेटने गरेको बताउनु भयो । महराले रोल्पा र रोल्पालिले जनयुद्धमा धेरै चिज गुमाएको बताउदै केही मान्छेहरु अताल्लिएर जनयुद्धमा लागेर के पायौ भन्दै गाउँ गाउँ डुलेको बताउदै जनयुद्धको कारण अहिले देशमा समानुपातिक समाबेश, धर्मनिरपेक्षता, संघीयता, नयाँ संबिधान जनताले पाएको बताउनु भयो ।

त्यस्तै महराले अहिले देश माओवादी केन्द्रको सेरोफेरोमा चलेको बताउदै संसदमा संख्याको हिसाबले हामी थोरै भए पनि देशका ठुला पार्टीहरु हाम्रो नेतृत्वमा अगाडि बढेको बताउदै माओवादीको रणनीति बैज्ञानिक समाजवाद मा जाने रहेको बताउदै त्यहाँ पुग्नको लागि देशलाई समृद्धि बनाउन मुख्ख चुनौती रहेको र त्यो चुनैतिको सामना गरि देशलाई समृद्धि बनाउन प्रचण्ड नेतृत्वको सरकारले देशमा भस्ट्चार र भस्ट्चारिहरुको अन्त गरि देशमा सुसासन कायम गर्न लागेको बताउनु भयो ।

सो अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य झग्गु सुवेदी जनयुद्ध शुरु गर्नु पुर्व क्रान्ति गर्न नसक्ने पार्टी भत्काउदै आएको बताउदै हाम्रो पार्टीले पछिल्लो समय क्रान्ति गर्न बाट पछि हटलागेकोले अभियानको माध्यम बाट भत्काउन लागेको बताउनु भयो । अहिले केन्द्र देखि वडा तह सम्म भस्ट्रचार भएको बताउदै देशमा कु शासन लाई अन्त्य गर्न हाम्रो पार्टी लागेको बतानु भयो । त्यस्तै हाम्रो पार्टीमा बिचारमा क्रान्तिकारी आचरणमा संसद बादी भै रहेको बताउदै हाम्रो पार्टी र पार्टीको लाइन ठिक छ तर हाम्रो आचार ठिन नभएको बताउनु भयो । त्यहि आचार बदल्नको लागि पार्टीले रुपान्तरण अभियान संचालन गरेको बताउनु भयो ।

जसले बिचर अनुसार आचर गर्दैन त्यो हाम्रो पार्टीमा बस्न नसक्ने बताउदै यो अभियानले सबै भन्दा पहिले केन्द्र, प्रदेश तहका नेताहरु स्पात हुनको लागि भट्टीमा जानू पर्ने बताउनु भयो । अहिले सम्म कुनै पनि सरकारले गर्न नसकेको काम प्रचण्ड सरकारले गरेको बताउदै माओवादी केन्द्र को उपाध्यक्षको छोरा , मन्त्री, सचीव अहिले जेलमा रहेको बताउदै यस्तो काम अहिले सम्म कसैले गर्न सकेको थिएन हाम्रो पार्टीको अध्यक्ष प्रचण्डको सरकारले सबैको प्रार्दफास गरेको बताउनु भयो । भस्टचारी, भुमाफिया,सुन तस्करहरुलाइ तह लगाइ देशमा सुशासन कायम गर्न प्रचण्डको सरकार लाग्ने हामी किन घोप्टो मन्टो गरेर हिड्ने सरकारले गरेका राम्रो कामको प्रचार गर्न लाग्न अनुरोध गर्नु भयो ।

नेकपा माओवादी केन्द्रको वैकल्पिक केन्द्रिय सदस्य तथा तीन महिने अभियानको रोल्पा नगरपालिका र सुनिलस्मृती गाउँपालिका इन्चार्ज सुरेन्द्र घर्ती थापाले पछिल्लो समय नेपालका ठुलो पार्टी भन्ने हरुले माओवादी बिग्रिएको भन्दै भ्रामक प्रचार गरेरहेको बताउदै हाम्रो पार्टी बिग्रेर नभइ पार्टी लाई थप मजबुत बनाउनको लागि जनता संग माओवादी विशेष रुपान्तरण अभियान संचालन गरेको बताउनु भयो । अभियानको शिलशिलामा दुई वटै पालिकामा प्रभावकारी रुपमा अभियान संचालन भै रहेको र बाकी दिन हरुमा पनि अभियानलाई थप प्रभाकारी बनाउनको लागि सम्बन्धि कार्यक्षेत्रमा रहेका नेता तथा कार्यकर्ताहरुलाइ निर्देशन गर्नु भयो ।

अन्तरक्रिया कार्यक्रममा सुनिलस्मृती गाउँपालिकाको अध्यक्ष मणिराम बुढाथोकीले पालिका सरकारले हाल सम्म गरेका गतिविधि र पालिका सरकार संग संबंधित प्रश्नको स्पष्ट समेत गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रको केन्द्रिय सल्लाहकार समिती सदस्य तथा तीन महिने अभियान सुनिलस्मृती गाउँपालिका संयोजक बाबुलाल पुन सहित सुनिलस्मृती गा.पा को ८ वटै वडाका अध्यक्षहरुले अभियानको क्रममा गरेका विभिन्न कार्यक्रम तथा गतिविधिहरुको रिपोर्टिङ गरेका थिए । कार्यक्रममा सुनिलस्मृती गा.पा संगठन समिती, वडा समितिका पदाधिकारी जनवर्गीय संगठनका प्रमुख लगाएतको सहभागीता रहेको थियो ।

नेकपा माओवादी केन्द्र सुनिलस्मृती गाउँपालिका संगठन समिती अध्यक्ष मणिराम बुढाथोकीको अध्यक्षता भएको अन्तरक्रिया कार्यक्रमको संचालन नेकपा माओवादी केन्द्र सुनिलस्मृती गाउँपालिका संगठन समिति सचीव रत्न महराले संचालन गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array