Ad image

रोल्पा नगरपालिकाद्वारा महाअष्टमीको अवसरमा शुभकामना आदान प्रदान

मालश्री खबर
मालश्री खबर ५ कार्तिक २०८०, आईतवार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक ५ गते रोल्पा ।

रोल्पा नगरपालिकाले महाअष्टमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नेपालीको महान चाड वडादशैको अवसरका जिल्लाका बिभिन्न व्यक्तित्वको उपस्थितमा आज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

शुभकामना आदान प्रदान कार्यक्रममा रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ति, रुकुम पश्चिमका संघिय सांसद पुर्णबहादुर घर्ति, लुम्बिनी प्रदेश रोल्पा ‘ख’ का सांसद दिपेन्द्रकुमार पुन ‘सिजल’, जिल्ला समन्वय समितिका प्रमुख सिता आचार्य, रेडक्रस साेसाइटी रोल्पा शाखाका सभापती डिबी घर्तिमगर, नेपाल पत्रकार महासंघ रोल्पा शाखाका अध्यक्ष नविन लोचन मगर, स‌‍‌स्थापक अध्यक्ष काशिराम डाँगी, पत्रकार खेम बुढा लगायत विभिन्न व्यक्तित्वको उपस्थितमा शुभकामना आदान प्रदान गरिएको रोल्पा नगरपालिकाले जानकारी दिएको छ ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको अध्यक्षतामा जिल्ला स्थित विभिन्न व्यक्तित्वको उपस्थितमा शुभकामना आदान प्रदान तथा प्रितिभोज कार्यक्रमको पनि सम्पन्न भएको बताइएको छ ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array