Ad image

दशैँपछि पनि बजार अनुगमनलाई निरन्तरता दिन्छौँ : लुङ्ग्री गाउँपालिका अध्यक्ष थापा

मालश्री खबर
मालश्री खबर २ कार्तिक २०८०, बिहीबार
2 Min Read
Aa

भरत विश्वकर्मा, कात्तिक २ गते रोल्पा ।

लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापाले दशैँ, तिहार पछि पनि बजार अनुगमन कार्यलाई निरन्तरता दिने बताउनु भएको छ । गाउँपालिकाले चाडपर्व लक्षित प्रत्येक वडामा अनुगमन गरी जफत गरिएको म्याद गुज्रिएको सामानहरूको नष्ट गर्ने क्रममा उहाँले यस्तो कुरा बताउनु भएको हो ।

गाउँपालिकाले चाडपर्वलाई लक्षित गर्दै, पालिकाको प्रत्येक वडाहरूमा टोली परिचालन गरी ठुलो परिणाममा अखाद्य वस्तु जफत गरेको बताउदै यस्तो अवस्थालाई न्यूनीकरण गर्नको लागि गाउँपालिकाले अब नियमित रूपमा प्रत्येक महिना अनुगमन गरी गुणस्तरीय सामाग्रीको उपभोग गर्ने वातावरण सिर्जना गर्ने बताउनु भएको थियो ।

- Advertisement -
Ad image

पालिकाको सबै टालटोलमा सञ्चालित पसलहरू के ?, कसरी ? सञ्चालन भएका छन्, त्यस क्षेत्रमा पुगेर बजार अनुगमनलाई थप कडा बनाउने, साथै सबै व्यवसायीलाई दर्ताको प्रक्रियामा ल्याइ करको दायरामा ल्याउने गाउँपालिकाको तयारी रहेको उहाँले बताउनु भएको थियो । साथै व्यापारी र उपभोक्ताहरूलाई सामान खरिद गर्दा मूल्यसूची, र त्यसको म्याद हेरेर मात्र सामान खरिद बिक्री गर्न सुझाब समेत दिनुभएको थियो ।

गाउँपालिकाले गाउँपालिकाका विभिन्न वडाहरूमा सञ्चालित १ सय १७ वटा पसलहरूको अनुगमन गर्दा १ लाख ६६ हजार ४ सय पचासी रुपैयाँ बराबरको अखाद्य वस्तुको भेटिएको थियो ।

अनुगमनको समयमा भेटिएको अखाद्य बस्तुको नष्ट लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापा, उपाध्यक्ष दिल कुमारी गुरुङ, वडा नम्बर ५ का वडाध्यक्ष रिख बहादुर रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं अनुगमन अधिकृत लेपेन्द्र बुढाथोकी, प्रहरी चौकी किलाचौरका प्रहरी सहायक निरीक्षक खगेश्वर श्रेष्ठ, रेडियो मालश्रीका पत्रकार भरत विश्वकर्मा, गाउँपालिकाका अन्य विभिन्न शाखामा कार्यरत कर्मचारी, राजनैतिक दलका प्रतिनिधि लगाएतको उपस्थितिमा नष्ट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array