Ad image

खुल्ला रोल्पा जिल्ला स्तरीय हाप्किडो प्रतियोगिता राङ्सीमा हुदै

मालश्री खबर
मालश्री खबर २ कार्तिक २०८०, बिहीबार
1 Min Read
Aa

सुरेन्द्र वलि

मालश्री खबर, कात्तिक २ गते रोल्पा ।

रोल्पा मार्सल आर्ट्स हाप्किडो संघको रोल्पा जिल्ला स्तरीय खुला प्रतियोगिता राङ्सिमा सन्चालन हुने भएको छ । सहिद स्मृति युवा क्लब परिवर्तन गाउँपालिका २ राङ्सीले आयोजना गरेको १३ औं वार्षिक उत्सवमा, हाप्किडो प्रतियोगिता सन्चालन हुन लागेको मार्सल आर्ट्स हाप्किडो संघ रोल्पाले जानकारी दिएको छ ।

प्रतियोगिता कार्तिक ११ गते देखि १५ गते सम्म सन्चालन हुनेछ । प्रतियोगितामा रोल्पा जिल्लामा रहेका डोजाङ्का प्रशिक्षक खेलाडीहरु लाई उपस्तिथिको लागि रोल्पा मार्सल आर्ट्स हाप्किडो संघ रोल्पाका अध्यक्ष विकास कुमार बाठा मगर ले आग्रह गर्नुभयको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array