Ad image

परिवर्तन गाउँपालिकाले श्रम-डे मनायो

मालश्री खबर
मालश्री खबर १ कार्तिक २०८०, बुधबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर, कार्तिक १ रोल्पा।

रोल्पाको परिवर्तन गाउँपालिकाले श्रम-डे मनाएको छ।कार्तिक १ गतेका दिन बुधबार श्रम-डे मनाएको हो । परिवर्तन गाउँपालिकाको आह्वान,श्रममा सम्मान”भन्ने मूल नारा सहित कार्तिकको-१ गते आज हामीले श्रम-डे मनाएको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले जानकारी दिनु भएको छ ।

परिवर्तन गाउँपालिकाको गौरवको हिसाबले त्यसमा आम परिवर्तन गाउँपालिका बासी, जनसमुदायहरु, कर्मचारी,  शिक्षक, व्यापारी लगाएतले यो अभियानलाई सफल बनाउनु भएकोमा आफू आशावादी रहेको समेत अध्यक्ष बुढा मगरको भनाइ रहेको छ ।

परिवर्तन गाउँपालिकाको शानलाई सहयोग गर्ने गरि कार्त्तिक-१ गतेका दिन बुधबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म ८ घण्टा काम गर्ने हिसाबले तपाईंहरु जुत्नु भएकोमा म मेरो तर्फबाट र परिवर्तन गाउँपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छु-उनले भने । फेरि बुढा मगरले थप्दै भन्नुभयो”किनकि त्यो ८ घण्टा हामी आफैंले गरेर हुने हो,कसैले गरेर हुँदैन ?

- Advertisement -
Ad image

राज्यको मात्र होइन संघ सरकार,प्रदेश सरकारको मुख ताक्ने होइन कि स्थानीय तहको सरकारको स्रोत साधनले भ्याएसम्म के काम गर्ने,त्यो मा श्रम मिसायौं भने समृद्धि हुन्छ”भन्ने लागेको छ-त्यसैले हामीले आज श्रम कार्य गरेको दाबी समेत गर्नु भएको छ।कार्तिक १ गतेको दिन गाउँपालिकाको अभियानमा जोडिएर परिवर्तन गाउँपालिका भित्रका सबै आम नागरिकहरुले सहयोग र सफल बनाइदिनु भएकोमा आफू हर्षित भएको छु-उनले भने।परिवर्तन गाउँपालिकाको ६ वटै वडामा श्रम-डे अभियानलाई सफल बनाउन सहयोग गरेकोमा परिवर्तन गाउँपालिकाले धन्यवाद दिएको छ ।

परिवर्तन गाउँपालिकाको केन्द्र पुतलाचौरमा रहेको बजारको वरिपरि सरसफाइ गरिएको परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय प्रेम जि.एमले जानकारी दिनु भएको छ । परिवर्तन गाउँपालिकाको कर्मचारी टोली हामीले परिवर्तन गाउँपालिकाको आसपासमा फ्याकिएको प्लास्टिक जन्य पदार्थ जम्मा गरेर नष्ट गरिएको र उम्रेका घाँस हटाउने गरेको छौं-उनले भने ।

परिवर्तन गाउँपालिकाको सबै वडामा पनि आज श्रम-डे मनाइएको समेत बताउनु भएको छ। वडामा के-के काम भयो भनेर अहिलेसम्म कामको विवरण आफूलाई जानकारी नआएको समेत जि.एमको भनाइ रहेको छ । तर धेरै ठाउँमा मानिस आवत जावत गर्नका लागि थप सहज होस् भनेर गोरेटो बाटो मर्मत गर्ने काम, खानेपानीको मुहान मर्मत र वृक्षारोपन गर्नुका साथै विभिन्न बजारको आसपासमा  र सार्वजनिक स्थलहरुमा सरसफाई गरिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array