Ad image

रोल्पामा ट्रक दुर्घटना

मालश्री खबर
मालश्री खबर १ कार्तिक २०८०, बुधबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर, कार्तिक १ रोल्पा ।

रोल्पामा ट्रक दुर्घटना भएको छ । दाङको घोराही देखि बागमाराको लागि छुटेको ट्रक रोल्पाको परिवर्तन गाउँपालिका–६ चप्कामा दुर्घटना भएको हो ।

रा १ ख ३१३० नम्बरको ट्रक सडक देखि करिब ३० मिटर तल खसेको इलाका प्रहरी कार्यालय ओबाङका प्रहरी निरीक्षक ओमभक्त केसीले जानकारी दिनु भएको छ ।

ट्रक धनी प्रेम बुढा मगर रहेको र आफ्नै घर निर्माणको लागि दाङको घोराही देखि रोल्पाको बागमारा सम्म सिमेन्ट ल्याउने क्रममा ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

दुईजना चालक र सह–चालकलाई सामान्य चोटपटक लागेको र स्थानीय मेडिकलमा उपचार भइरहेको समेत बताइएको छ । ट्रक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array