Ad image

परिवर्तन गाउँपालिकामा सर्वपक्षीय बैठक सम्पन्न

मालश्री खबर
मालश्री खबर ३० आश्विन २०८०, मंगलवार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर, असोज २९ रोल्पा ।

परिवर्तन गाउँपालिकामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । दशै, तिहार तथा मेलाहरुलाई व्यवस्थित गर्नको लागि सोमबारका दिन परिवर्तन गाउँपालिकाको आफ्नै हल पुतलाचौरमा सर्वपक्षीय बैठक गरिएको हो ।

परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षतामा सम्पन्न भएको सर्वपक्षीय बैठकमा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष, परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, परिवर्तन गाउँपालिका भित्रका वडा अध्यक्षहरु, परिवर्तन गाउँपालिका भित्रका सुरक्षा निकायका प्रमुखहरु, उद्योग वाणिज्य संघका संयोजक, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यका प्रमुख तथा प्रतिनिधि, व्यापारी, बुद्धिजीवी, शिक्षक, कर्मचारी विभिन्न टोल विकास समितिका अध्यक्ष तथा प्रतिनिधि, युवा क्लबका अध्यक्ष तथा प्रतिनिधि, आमा समूहका अध्यक्ष तथा प्रतिनिधि र स्वयंसेवीकाहरु सहभागिता रहेको परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एमले जानकारी दिनु भएको छ ।

सर्वपक्षीय बैठकले प्रस्ताव उपर छलफल गरि निर्णय समेत गरेको जनाइएको छ।जसमा दशै,तिहार र मेलाहरुलाई व्यवस्थित गर्ने सम्बन्ध रहेको छ–उनले भने।असोज २९ गते मंगलबारका दिन सर्वपक्षीय बैठकले देहाय बमोजिमको निर्णय गरेका छौँ–जि.एमले भन्नुभयो । जसमा परिवर्तन गाउँपालिका भित्र विभिन्न समयमा चाडपर्वको नाममा लाग्ने मेला कार्यक्रमहरुमा मदिरा जन्य पदार्थको बिक्री वितरण एवम् ओसार पसारमा रोक लगाउने, १८ बर्ष भन्दा मुनीको बालबालिकाद्वारा मदिरा जन्य पदार्थको ओसार पसार तथा खानपानमा प्रतिबन्ध गर्ने।मदिरा जन्य पदार्थ बिहान १० बजे देखि राति १० बजे सम्म खरिद गर्ने भएपनि यसको खानपान गोप्य ढंगबाट साँझ ५ बजेदेखि राति ८ बजेसम्म मात्र बिक्री गर्ने, मदिरा जन्य सामानको बेचबिखन गर्न चाह्ने व्यक्तिले अनिवार्य रूपमा मदिरा पसल भनी दर्ता गर्नुपर्ने र बिक्रेताले क्यारेक्टरको तीन पुस्ते विवरण माग गर्ने, जुवा तास खेल्ने खेलाउने सम्बन्धमा प्रचलित ऐन नियम कानुन बमोजिम कार्वाही गर्ने निर्णय भएको छ ।

- Advertisement -
Ad image

त्यस्तै कुनै संघसंस्था क्लबद्वारा आयोजना गरिएको मेला, महोत्सव जस्ता कार्यक्रम साँझ ६ बजे पश्चात् बन्द गर्ने तर परम्परागत काल देखि धार्मिक, ऐतिहासिक रूपमा चल्दै आएका मेलाको एकिन समय नरोकिने, तिहारमा खेलिने देउसी भैलो राति १० बजेसम्म खेलेर बन्द गर्ने लगायतको निर्णय समेत गरेको परिवर्तन गाउँपालिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array