परिवर्तन गाउँपालिकाले श्रम–डे मनाउदै

मालश्री खबर
मालश्री खबर २९ आश्विन २०८०, सोमबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर, असोज २९ रोल्पा ।

रोल्पाको परिवर्तन गाउँपालिकाले श्रम–डे मनाउने भएको छ । कार्तिक १ गते बुधबारका दिन श्रम–डे मनाउन लागेको हो । परिवर्तन गाउँपालिकाको आह्वान, श्रममा सम्मान भन्ने मूल नारा सहित कार्तिकको– १ गते श्रम–डे मनाउने निर्णय गरेको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले जानकारी दिनुभयो ।

परिवर्तन गाउँपालिकाको गौरवको यस्मा आम परिवर्तन गाउँपालिका बासी, जनसमुदायहरु, कर्मचारी, शिक्षक, व्यापारी लगाएतले यो अभियानलाई सफल बनाउनेमा आफू आशावादी रहेको समेत अध्यक्ष बुढा मगरको भनाइ रहेको छ ।

परिवर्तन गाउँपालिकाकालाई सहयोग गर्ने गरि कार्तिक १ गतेका दिन बुधबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म ८ घण्टा काम जुट्न हुन गाउँपालिकाका अध्यक्ष मगरले आग्रह गर्नुभएको छ ।

बुढामगरले भन्नुभयो–राज्यको मात्र होइन संघ सरकार, प्रदेश सरकारको मुख ताक्ने होइन, स्थानीय तहको सरकारको स्रोत साधनले भ्याएसम्म के काम गर्ने, त्यो मा श्रम मिसायौं भने समृद्धि हुन्छ ।

कार्तिक १ गतेको दिन गाउँपालिकाको अभियानमा जोडिएर परिवर्तन गाउँपालिका भित्रका सबै आम नागरिकहरुले सहयोग र सफल बनाइदिन समेत अध्यक्ष बुढा मगरले अनुरोध गर्नुभयो । परिवर्तन गाउँपालिकाको ६ वटै वडामा श्रम–डे अभियानलाई सफल बनाउन परिवर्तन गाउँपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्