Ad image

प्रवासी पत्रकारिता नेपालीको हितमा छ -अध्यक्ष भण्डारी

मालश्री खबर
मालश्री खबर २८ आश्विन २०८०, आईतवार
2 Min Read
Aa

मालश्री खबर, असोज २८ गते रोल्पा ।

पत्रकारिता प्रविधिको विकाससंगै पछिल्लो समय गुणात्मक रुपमा विकसित हुदै गएको छ । राज्यको चौथो अंग मानिने पत्रकारिता निष्ठापूर्वक कलम चलाउनुपर्ने पेसा हो समाजलाई सुसुचित र सन्देश प्रवाह गर्ने माध्यम नै पत्रकारिता जगत हो । स्वच्छ र स्वतन्त्र रुपमा गरिने पत्रकारिताले बेथितिलाई बाहिर ल्याएर समस्यालाई समाधान गर्ने गर्दछ ।

पछिल्लो समय पत्रकारितामा केही विचलनको स्थिति आएको देखिन्छ । यसलाई पत्रकारिता आचारसंहिता बाहिर जान नदिन पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम आवश्यकता रहेको नेपाल अमेरिका पत्रकार संघ(नेजा)का अध्यक्ष सुरज भण्डारीले बताउनुभयो । आईतवार रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलमा बोल्दै नेजाका नवनिर्वाचित अध्यक्ष भण्डारीले यस्तो बताउनुभएको हो ।

- Advertisement -
Ad image

अध्यक्ष भण्डारीले रुपन्देहीमा रहेर लामो समय पत्रकारिताका गर्नुभएका उहाँ हाल अमेरिकाको भूमिबाट पनि नेपाली पत्रकारिताको मायालाई अंगाल्दै अमेरिका र नेपालको सम्बन्धलाई अझ नजिक बढाउने गरि कलम चलाउदै आएको भन्दै आईतवार रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीले भण्डारीलाई सम्मान गर्नुभएको थियो ।

सम्मान ग्रहण गर्दै अध्यक्ष भण्डारीले प्रवासमा रहेर नेपाली भाषा सहितको पत्रकारितालाई गुणात्मक रुपमा अघि बढाउने गरी निरन्तर कलम चलाउदै आएको बताउनुभयो । उहाँले तेस्रो मुलुकमा पत्रकारिता गर्न सोचे जस्तो सहज नभएको भन्दै प्रवासी नेपालीहरुको उत्थानको लागी आफुहरु लागी परेको जनाउनुभयो । अध्यक्ष भण्डारीले नेजाले ग्रामिणस्तरमा रहेर पत्रकारिता गर्ने पत्रकारलाई प्रोत्साहन स्वरुप राशी सहितको सम्मान गर्दै आएको बताउनुभयो । उहाँले रिपोर्टर्स क्लव नेपालले देश र समाजको लागी उल्लेखिय कार्य गरेको भन्दै आगामी दिनमा थप प्रभावकारिताका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा रिपोर्टर्स क्लव नेपाल अमेरिका शाखाका अध्यक्ष किसन रेग्मीले क्लव छोटो समयमा नै प्रवासमा रहेका नेपालीहरुको दुख सुखको साथी बन्न पुगेको बताउनुभयो । उहाँले अमेरिकामा रहेका विभिन्न संघसंस्थाहरुसँग सहकार्य गर्दै उहाँले नेपाली र नेपालको हितमा काम गर्दै आएको दाबी गर्नुभयो । अध्यक्ष रेग्मीले नेपालमा रिपोर्टर्स क्लवको लामो इतिहासलाई आफुहरुले १ वर्षमा नै पूरा गर्न नसक्ने तर क्लवको औचित्य र गरिमालाई प्रवासी नेपालीहरु माझ कमी हुन नदिने जिकिर गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

Array