Ad image

नेपाल सास्कृतिक महासंघ रोल्पाको सभापतीमा पुनः सागरबाबु पुन चयन

मालश्री खबर
मालश्री खबर २८ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

मालश्री खबर, असोज २८ गते रोल्पा ।

नेपाल सास्कृतिक महासंघ रोल्पाको नयाँ नेतृत्व चयन भएको छ । नेपाल सास्कृतिक महासंघ रोल्पाको तेस्रो जिल्ला अधिवेशनले पुनः सागरबावु पुनको सभापतीत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

निर्वाचन समितिका संयोजक भगवती मल्ल, निर्वाचन समितिका सदस्य बिनोद आचार्य र नेपाल सास्कृतिक महासंघका केन्द्रिय सदस्य सुनिल थापा को रहोवरमा हिजो (सनिबार) नया नेतृत्व चयन भएको नेपाल सास्कृतिक महासंघ रोल्पाले मालश्री खबरलाई जानकारी दिएको छ ।

नेपाल सास्कृतिक महासंघ रोल्पाको उपाध्यक्षमा बुद्धिराम पुन, सचिवमा भानुभक्त सन्यसी, सहसचिवमा स्मरण पुन लगायत जम्मा १७ सदस्सीय रोल्पा जिल्ला कार्य समिति गठन गरिएको बताइएको छ ।

- Advertisement -
Ad image

नेपाल सास्कृतिक महासंघ रोल्पाले जिल्लाको १० वटै स्थानिय तहमा यो भन्दा अगाडी नै नेतृत्व चयन गरिसकेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

Array