Ad image

भू.पु.सैनिक संघ रोल्पाको प्रतियोगितात्मक कार्यक्रम समापन

मालश्री खबर
मालश्री खबर २६ आश्विन २०८०, शुक्रबार
2 Min Read
Aa

मालश्री खबर, असोज २६ गते रोल्पा ।

नेपाल राष्ट्रिय भूतपुर्ब सैनिक संघ जिल्ला कार्यसमिति रोल्पाकोे १७ औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमहरुको आज समापन गरिएको छ । विभिन्न कार्यक्रमको आयोजना गरिएको भूतपुर्ब सैनिक संघ रोल्पाको वर्षिक उत्सव असोज २२ गतेबाट सुरु भै आज सम्म संचालन भएको हो ।

वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको राप्ती अञ्चल स्तरीय पुरुष भलिवल प्रतियोगितामा सुस्मिता युवा क्लव सुनिलस्मृती गाउँपालिका हरिगाउँ प्रथम, त्रिवेणी गाउँपालिका द्धितिय, माडी गाउँपलिका ५ भावाङ तृतिय, सान्तवना हरियाली युवा क्लब रोल्पा नगरपालिका हरिगातिना रोल्पा भएको छ ।

त्यस्तै पुरुष कर्पर्दी प्रतियोगितामा रोल्पा नगरपालिका प्रथम, दाङको समुह द्धितिय र माडी ५ भाबाङ तृतिय भएको छ । महिला कर्पर्दी प्रतियोगितामा त्रिवेणी गाउँपालिका नुवागाउँ प्रथम, रोल्पा नगरपालिका द्धितिय, त्रिवेणी गाउँपालिका सिम्पानी र होलिभिजन आवासिय मावी लिबाङ तृतिय भएका हुन ।

- Advertisement -
Ad image

व्याटमिन्टन समुह ए बाट सुलिचौर युवा क्लब प्रथम, प्रगतिशिल युवा क्लब परिवर्तन गाउँपालिका वागमारा द्धितिय भएका हुन् । एकल नृत्य प्रतियोगितामा सन्जु घर्ति प्रथम र कोपिला बुढा द्धितिय भएका हुन् ।

समापन कार्यक्रमको अध्यक्षमा नेपाल राष्ट्रिय भूतपुर्ब सैनिक संघ जिल्ला कार्यसमिति रोल्पाका अध्यक्ष खिम विक्रम केसी रहनुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा खेल विकास समिति रोल्पाका अध्यक्ष मोलङ घर्ति रहनुभएको थियो । कार्यक्रममको संचालन खेलाडी लोकेन्द्र सेनले गर्नुभएको भुपु सैनिक संघ जिल्ला कार्यसमिति रोल्पाका कोषध्यक्ष तिलचन्द्र आचार्यले मालश्री खबरलाई जानकारी दिनुभयो ।

समापन कार्यक्रममा विजेता समुहहरुलाई नगद पुरस्कार, ट्रर्फी, मेडल, प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमलाई आर्थिक भौतिक रुपमा सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array