Ad image

रामज्योती प्रावि खुुंग्री खलसिंगेमा अक्षयकोष स्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रम

मालश्री खबर
मालश्री खबर २६ आश्विन २०८०, शुक्रबार
2 Min Read
Aa

मालश्री खबर, असोज २६ गते रोल्पा ।

सुनिलस्मृति गाउँपालिका वडा नं. २ खुंग्रीको खलसिंगेमा रहेको रामज्योती प्राथमिक विद्यालयले दशै तथा तिहारको शुभकामना आदानप्रदान गर्नुका साथै अक्षयकोष स्थापना कार्यक्रम बिहिबार सम्पन्न गरेको विद्यालयले जानकारी दिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तराम पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष मीना थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा  बोल्दै सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष मीना थापाले विद्यालयको विकास र शैक्षिक जागरणका लागि यस्ता कार्यक्रमहरु निरन्तर गर्नुपर्ने बताउनुभयो । विद्यालयको शैक्षिक विकासका लागि गाउँपालिकाबाट हुनसक्ने सहयोगका लागि आफूहरु प्रतिवद्ध रहेको बताउँदै उपाध्यक्ष थापाले शिक्षक दरबन्दीअनुसार विद्यार्थी नहुनु दुखद् भएको र विद्यालयलाई विद्यार्थीको आकर्षणको केन्द्र बनाउनुपर्ने बताउनुभयो ।

- Advertisement -
Ad image

समाजसेवी तथा शिक्षाप्रेमी वसन्त सुवेदीले विद्यालयमा अक्षयकोष स्थापनाका लागि करिब ६ वर्षअघि आमा पुष्पा शिला र सहिना आमा बालकुमारी शाह ‘खिमा’को नामबाट ६० हजारको अक्षयकोष स्थापना गर्नुभएको थियो । सोही अक्षयकोषमा पुनः ४० हजार थप गरी १ लाखको अक्षयकोष विद्यालयको नाममा स्थापना गरिएको बताइएको छ । अक्षयकोष संस्थापक सुवेदीले पूर्व राज्यमन्त्री सुरेन्द्र हमालको प्रेरणाले विद्यालयमा अक्षयकोष स्थापना गरेको जानकारी दिनुभयो ।

विद्यालयको शैक्षिक विकासका लागि भन्दै शिक्षिका धनमाला घर्ती पुनले आफ्नो ससुराको सम्झनामा श्यामलाल अक्षयकोष स्थापना गरी विद्यालयलाई ५० हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो भने शिक्षक कमल खड्काले आफ्नो कान्छाबुवाको सम्झनामा १६ हजार ४ सय ५१ रुपैयाँ विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । विद्यालयलाई सहयोग गर्ने सहयोगी दाताहरुलाई कदरपत्रले सम्मान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा रामज्योती प्राथमिक विद्यालयका प्रधानाध्यापक वसन्त पुनले विद्यालयको आर्थिक प्रतिवेदन र विद्यालयको गतिविधिबारे प्रष्ट पार्नु भएको थियो ।

रामज्योती प्राविका शिक्षिका विर्सना पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक दानबहादुर महराले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array